Header Ads Widget

अब पठाओबाटै हेलिकप्टर बुक गर्न मिल्ने

 

अब पठाओ एपमार्फत हेलिकोप्टर सेवा पनि बुक गर्न सकिने भएको छ। राइड सेयरिङ सेवाबाट सुरु भएको पठाओ नेपालले आफ्नो सेवा विस्तार गर्दै ‘पठाओ हेली’ नामक नयाँ सुविधा सार्वजनिक गरेको हो।

मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँग सहकार्य गर्दै हेलिकोप्टर बुकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। अब प्रयोगकर्ताले मोबाइल एप वा ‘पठाओ हेली डट कम’ वेबसाइटमार्फत सहज रूपमा हेलिकोप्टर बुक गर्न सक्नेछन्। सेवामा गन्तव्यअनुसारको शुल्कसमेत पहिले नै हेर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

एकपटकमा चारदेखि पाँच जनासम्म यात्रा गर्न सक्नेछन्।

तीर्थयात्रा, नवविवाहित दम्पतीको विशेष भ्रमण, पारिवारिक घुमफिर वा साथीभाइसँग छोटो समयमा पर्यटकीय स्थल अवलोकन गर्न चाहनेहरूका लागि यो सेवा उपयोगी हुने कम्पनीको दाबी छ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले नेपालको डिजिटल अर्थतन्त्रलाई थप विस्तार गर्ने लक्ष्यसहित कम्पनीले मोबिलिटी, पार्सल, फुड डेलिभरी र इ–कमर्सलाई एउटै प्लेटफर्ममा जोड्दै सेवा विस्तार गरिरहेको बताए।

नेपाल सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०८५’लाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले पनि यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments