Hot Posts

विदेशी युवतीलाई ग*र्भवती बनाएर माननीय बे*पत्ता.....

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको पाइएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नाइजेरियन महिलालाई गर्भवती बनाएर बेपत्ता भएका हुन् । गर्भवती अवस्थामा रहेकी २६ वर्षीया रिता अजुकोले आफूसँग खाने पैसासमेत नभएको गुनासो पोखेकी छन् । 

आफू गर्भवती भएको जानकारी पाएपछि कार्की सम्पर्कविहिन बनेको उनको भनाइ छ । ठमेल बस्दै आएकी अजुको र कार्की लिभिङ्ग रिलेसनशीपमा थिए । उनका अनुसार आफ्नो चाहना नहुँदाहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका हुन् । गर्भवती भएको थाहा पाएपछि अजुकोले गर्भपतन गर्ने बताएकी थिइन् । तर,कार्कीले त्यसो गर्न दिएनन् । 

त्यसपछि उनले ‘यस्तो कुरा नगर,मलाई रुन मन लाग्छ’ लगायतका म्यासेज पठाएर र इमोशनल्ली ब्ल्याककमेल गरेर गर्भ फाल्नबाट रोके । आफू बुवा बन्न लागेको थाहा पाएर धेरै खुशी भएकोलगायत उनले लेखेको म्यासेजहरु जनआस्थाले फेला पारेको छ । कार्कीले अजुकोलाई आफ्नो ढाडमा बोकेर हिँडेको,ड्राइभिङ सिकाएकोलगायतका भिडियोहरु पनि भेटिएको छ ।


उनले अजुकोलाई ‘माई वाइफ,माई लाइफ’,‘माई लभ’ लेखेको म्यासेजहरु पनि छन् । अस्पतालमा पतिको नाम कृष्ण कार्की नै लेखिएको छ । आफ्नी श्रीमती भन्ने उनी अजुकोको पेट बढ्दै गएपछि टाढिए । फोन उठाउन र म्यासेजहरुको रिप्लाई गर्न छोडे । त्यसपछि अजुकोले नेपालमा भएको साथीलाई सम्पर्क गरिन् । पहिले आफूलाई बच्चा राख भनेको र जिम्मेवारी लिने समय आएपछि भागेको उनको आरोप छ । 

डेलिभरी हुने दिन नजिकिएपछि अजुको तनावमा छिन् । आफ्नो सन्तानलाई कसरी पाल्ने भन्ने चिन्ताले उनलाई सताएको छ । क्षेत्रपाटी फ्रि क्लिनिकमा उपचार गराइरहेकी उनले आफ्नो र बच्चाको पालनपोषण कार्कीले गर्नुपर्ने बताएकी छिन् । यसबारे जनआस्थाले सांसद कार्कीको प्रतिक्रिया लिएको थियो । तर,उनी आफू बैठकमा भएको भन्दै पन्छिए । 

भने,‘म मिटिङ्गमा छु । अहिले कुरा गर्न मिल्दैन ।’ कार्की तिनै व्यक्ति हुन्,जो भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सिंहदरबार जलाउन गएका थिए । रतुवामाई नगरपालिकाका उनले सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारअगाडि अर्धनग्न प्रदर्शन गरेको तस्बिर र भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ । देशको ऐतिहासिक धरोहर जलाउन गएको व्यक्तिलाई माननीय बनाएको भन्दै रास्वपाको चर्को आलोचना पनि भएको थियो । 


उनी गुण्डा नाइके दिनेश अधिकारी (चरी) को ग्याङ्गमा थिए । प्रहरीको इन्काउन्टरमा अधिकारी मारिएपछि जापान भास्सिए । लामो समय जापान बसेर नेपाल फर्किएका उनी प्रदर्शनमा सिंहदरबार जलाउन पुगे । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट टिकट पाए र जिते । अहिले फेरि विवादमा तानिएका छन् ।

सँसद बैठक बसिरहेको छ,रास्वपाले माननीयहरुलाई होटल र स्टाफ कलेजमा भेला गरेर अनुशासनको तालिम पनि दिइरहेकै छ । यस्तोमा पुराना सबै खराब,हामी मात्रै ठीक भनी जनतामा आशा जगाएका नयाँ भनिनेहरु नै यतिसम्म गलत धन्दामा लाग्दा सभामुख,सभापति,प्रधानमन्त्री र मतदातालाई कस्तो लाग्दो हो !

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments