Header Ads Widget

सांसद खगेन्द्र सुनारले दलितको नाममा १० करोडभन्दा बढी भ्रष्टाचार गरेको उजुरी


 सरकारले सिफारिस गरेका विभिन्न देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढिरहेका बेला उनीहरूमाथि दर्जनौँ गम्भीर आरोपसहित उजुरी परेको हो।

आर्थिक असुली र कालो धन व्यवस्थापनको आरोप
असोज १४ गते दर्ता भएको उजुरी (दर्ता नं. ०३) मा सांसद खगेन्द्र सुनारले दलित आन्दोलनको नाममा स्वदेश तथा विदेशबाट १० करोड भन्दा बढी रकम अवैध रूपमा असुली गरेको र उक्त कालो धनको सम्पूर्ण व्यवस्थापन प्रस्तावित राजदूत गिरीबहादुर सुनारले गर्दै आएको दाबी गरिएको छ। असुलिएको उक्त अवैध रकम सांसद सुनारकी श्रीमती सीता गुरुङ, भाइ सुनिल सुनार लगायत परिवारका अन्य सदस्यहरूको विभिन्न बैंक खातामा राख्ने गरिएको उजुरीमा उल्लेख छ।

पद किनबेच र प्रहरी बढुवामासेटिङ
उजुरीमा उनीहरूको संलग्नता पद किनबेच र प्रहरीको उच्च तहको बढुवामा समेत रहेको दाबी गरिएको छ। खगेन्द्र सुनारले रास्वपाबाट समानुपातिक सांसद बनाइदिने भन्दै चक्रमान विश्वकर्माबाट ५० लाख रुपैयाँ असुलेको आरोप छ। त्यस्तै, नेपाल प्रहरीका हालका एआईजी डम्बरबहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउन उनीहरूले सुरुमा ५० लाख माग गरी पछि ३३ लाख रुपैयाँ लिएर बढुवा गराएको दाबी गरिएको छ।

अदालतको प्रमाण गायब पारिएको दाबी
प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्दै अदालतबाट प्रमाण नै नष्ट गरेको गम्भीर आरोप लगाइएको छ। जिल्ला अदालतमा खगेन्द्र सुनारविरुद्ध चलिरहेको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा अधिवक्ता मनिषा गौतमले पेस गरेको ३ घण्टा लामो अडियो प्रमाणलाई गिरीको सेटिङमा गायब बनाई त्यसको सट्टा ३ मिनेटको मात्र अडियो राखिएको उजुरीमा उल्लेख छ।

फौजदारी अपराध र दुर्व्यवहारका अन्य प्रकरण
प्रस्तावित राजदूत र सांसद सुनारमाथि विभिन्न फौजदारी अपराधका घटनासमेत जोडिएका छन्। खगेन्द्र सुनारले एक १८ वर्षीया बालिकालाई रोजगारीको प्रलोभनमा पारेर पटक-पटक जबरजस्ती करणी गरेको र अवैध गर्भपतन गराएको दाबी गरिएको छ। यसैगरी, बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहँदा उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी पेस्तोल नै लुटेर भागेको विवरण र उक्त कुरा खगेन्द्रले पोडकास्टमा आफैँ स्वीकार गरेको समेत उजुरीमा खुलाइएको छ।

त्यसैगरी, ‘छाया अर्याल’ नामकी एक महिलासँग सम्बन्ध र सो क्रममा मानसिक यातना तथा धम्की दिएको आरोप पनि छ। पीडितले जावलाखेलस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी गरेपछि भविष्यमा हिंसाजन्य गतिविधि नगर्ने कागजसमेत गराइएको दाबी गरिएको छ। ठगी गरेको पैसा फिर्ता माग्नेहरूलाई गुण्डा नाइके गणेश लामामार्फत तर्साउने गरेको पीडितहरूको भनाइ छ।

राजदूत सिफारिसमा अनुचित दबाब र अनुमोदन नगर्न माग
कुनै कूटनीतिक क्षमता नै नभएका गिरीबहादुर सुनारलाई राजदूत बनाउन खगेन्द्र सुनार र ओसो तपोवनसम्बद्ध एक गुटले मन्त्रालयमै पुगेर अनुचित दबाब र लबिङ गरेको आरोप छ। आपराधिक पृष्ठभूमि र नैतिकताको अभाव भएका व्यक्तिले देशको प्रतिनिधित्व गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिने भन्दै यी आरोपहरूको निष्पक्ष छानबिन गरी सुनारलाई राजदूत पदमा अनुमोदन नगर्न उजुरीमा जोडदार माग गरिएको छ।

सरकारले सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६ देखि २८ गतेसम्म सञ्चालन हुँदैछ।

खगेन्द्र सुनारले एक १८ वर्षीया बालिकालाई रोजगारीको प्रलोभनमा पारेर पटक-पटक जबरजस्ती करणी गरेको र अवैध गर्भपतन गराएको दाबी गरिएको छ।


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो ।





Post a Comment

0 Comments