Header Ads Widget

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा के भन्नुभयो जस्ताको तस्तै हेर्नुहोस्।

 प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा के भन्नुभयो जस्ताको तस्तै हेर्नुहोस्।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले भोगिरहेको भयावह जलवायु विपद्, त्यसको दीर्घकालीन असर र सम्भावित संकटबारे विश्व समुदायलाई गम्भीर चेतावनी दिएका छन् ।

शुक्रबार बिहान महासभाको मञ्चमा उभिएर उनले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ वा ‘हिमालयन सुनामी’का रूपमा अन्तर्राष्ट्रिय मञ्चमा दर्ता गराए ।

सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री शाहले आफू एउटा युवा राष्ट्रको विकास, लोकतन्त्र र शान्तिको आकाङ्क्षा व्यक्त गर्न चाहँदाचाहँदै पनि विशाल स्तरको मृत्यु र विनाशको कथा सुनाउन बाध्य भएको बताए ।

“भदौ १० गतेको भोटेकोशी बाढीले हाम्रा पुल, सडक, विद्यालय र घरहरू मिनेटभरमै बगाएर लग्यो । यो विपत्ति केवल स्थानीय त्रासदी थिएन, सिङ्गो विश्वका लागि एउटा गम्भीर चेतावनी थियो,” उनले भने ।

प्रधानमन्त्री बालेन शाहको सम्बोधनका मुख्य २० बुँदा:

  1. विश्वका लागि चेतावनी: भोटेकोशी–त्रिशूलीको विपत्ति केवल नेपालको स्थानीय त्रासदी नभई जलवायु संकटबारे सिङ्गो विश्वका लागि एउटा स्पष्ट चेतावनी हो।

  2. विश्वको उपेक्षा: सगरमाथाको छायाबाट राष्ट्रसङ्घका महासचिवले दिएको चेतावनी र वैज्ञानिकहरूका प्रमाणलाई विश्वले पर्याप्त रूपमा सुनेन।

  3. पारिस्थितिक प्रणालीमा जोखिम: जलवायु परिवर्तनले गर्दा स्थायी रूपमा जमेको जमिन (पर्माफ्रोस्ट) पग्लिँदैछ भने पहाडी भूभाग चिरिएर हिमताल विस्फोट र बाढी-पहिरोको जोखिम तीव्र बनेको छ।

  4. सीमाविहीन संकट: जलवायु परिवर्तन र हिमनदीको बाढीले कुनै सीमा वा पासपोर्ट चिन्दैन।

  5. विशाल क्षति र जीडीपीको १०% आवश्यकता: विपद्मा कम्तीमा १,४०० जनाको मृत्यु र ६,००० भन्दा बढी बेपत्ता भएको अवस्थामा पुनर्निर्माणका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बजेट आवश्यक छ।

  6. अन्यायपूर्ण मूल्य: नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान रहे तापनि यस संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको छ।

  7. उपलब्धि गुम्ने खतरा: हिमनदीहरू तीव्र गतिमा पग्लिनाले र पहाडी भिरालो भूभाग अस्थिर बन्नाले वर्षौँको विकास प्रयास एकैछिनमा समाप्त हुने जोखिम बढेको छ।

  8. विकासको आपतकाल: जलवायु विपत्ति मानवीय संकटका साथै नेपालका लागि सफा ऊर्जा पूर्वाधार र समग्र भविष्य नष्ट गर्ने विकासको आपतकाल हो।

  9. अन्यायपूर्ण ऋणको भार: आफूले नगरेको क्षतिको मर्मतका लागि गरिब देशहरू ऋण लिन बाध्य छन्, तर नेपाल कसैलाई दोष दिन नभई साझा उत्तरदायित्व बोध गराउन राष्ट्रसङ्घ आएको हो।

  10. जलवायु न्यायको माग: जलवायु परिवर्तनमा बढी योगदान पुर्‍याउने र समाधानको क्षमता भएका सम्पन्न राष्ट्रहरूले बढी जिम्मेवारी लिनुपर्छ; जलवायु न्याय केवल कागजमा सीमित हुनु हुँदैन।

  11. जीवन रक्षक हिमालय: हिन्दुकुश हिमालय क्षेत्र २ अर्ब मानिसको आश्रयस्थल र पृथ्वीको जीवन धान्ने प्रणालीको अभिन्न हिस्सा हो।

  12. नेपालको आफ्नै प्रयास: नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग युरोपका केही भागसरह भइरहेको छ र स्थानीय तहमा अनुकूलन क्षमता बलियो बनाइँदैछ।

  13. हिमालय जलवायु उत्थानशीलता संयन्त्र: नेपाल, भारत र चीनको साझा नेतृत्वमा भूउपग्रह तथ्याङ्क आदानप्रदान, हिमताल अनुगमन र संयुक्त पूर्वचेतावनी प्रणालीका लागि त्रिदेशीय संयन्त्र स्थापनाको प्रस्ताव।

  14. नेपालको पारिस्थितिक योगदान: नेपालले आफ्नो भूभागको झण्डै आधा हिस्सा वन क्षेत्रका रूपमा पुनःस्थापित गरेको छ भने छिमेकमा प्रदूषण घटाउन जलविद्युत् विकास गरिरहेको छ।

  15. एक्लो लडाइँ असम्भव: विश्वव्यापी शासन व्यवस्थाको असफलताले गम्भीर बनेको यस संकटविरुद्ध नेपालले एक्लै लड्न सक्दैन।

  16. छ मुख्य शब्द: महासभाले ‘राहत, पुनःस्थापना, पुनर्निर्माण, जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता’ जस्ता ६ शब्दलाई गम्भीरताका साथ लिनुपर्छ।

  17. अनुदानमा आधारित सहयोग: ऋण वा स-साना अनुदानको साटो हानी तथा नोक्सानी कोष (Loss and Damage Fund) मार्फत झन्झटिल प्रशासनिक प्रक्रियामुक्त पर्याप्त अनुदान सहयोग उपलब्ध हुनुपर्छ।

  18. विश्व व्यवस्थामा सुधार: सबैभन्दा कमजोर र कम शक्ति भएका मानिसलाई उपेक्षा गर्ने वर्तमान विश्व व्यवस्थामा तत्काल सुधार आवश्यक छ।

  19. अन्तर्राष्ट्रिय ऐक्यबद्धता: ‘विश्वको छाना’ (हिमालय) बाट आएको चेतावनीलाई सुनेर कार्यरूपमा ढालिनुपर्छ।

  20. सद्भावको सन्देश: भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून् र बुद्धले देखाएको शान्तिको बाटोमा सिङ्गो विश्व हिँड्न सकोस् भन्ने कामना


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो ।


credit by रेसखबर


Post a Comment

0 Comments