Hot Posts

अरूको नाममा रहेको सिम अब घरमै बसेर अनलाइनबाट आफ्नो नाममा सार्न सकिने

अर्काको नाममा रहेको एनटीसी सिम चलाउनुहुन्छ ? यस्तो छ अनलाइनबाटै नामसारी गर्ने तरिका


 १नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ताका लागि सिम कार्डको स्वामित्व आफ्नै नाममा अद्यावधिक गर्न मिल्ने अनलाइन केवाईसी सेवा सुरु गरेको छ। लामो समयदेखि अरूको नाममा दर्ता भएका सिम प्रयोग गरिरहेका वा व्यक्तिगत विवरण अद्यावधिक गर्न बाँकी रहेका ग्राहकलाई लक्षित गर्दै यो सुविधा ल्याइएको टेलिकमले जनाएको छ। यसका लागि ग्राहकहरूले  corporate.ntc.net.np मा गएर अनलाइन फारम भरेर घरबाटै प्रक्रिया पूरा गर्न सक्नेछन्।

अनलाइन केवाईसी अद्यावधिक वा सिम स्वामित्व दाबीका लागि केही कागजात तथा विवरण अनिवार्य गरिएको छ। त्यसमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्रयोगमा रहेको सिमबाट हालै सम्पर्क भएका पाँचवटा मोबाइल नम्बरको जानकारी र हालसालै खिचिएको डिजिटल फोटो समावेश गर्नुपर्नेछ।

कसरी गर्ने अनलाइन अपडेट?

चरण १: वेबसाइट खोल्नुहोस्

आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजरमा जानुहोस् र नेपाल टेलिकमको यो वेबसाइट खोल्न यहाँ क्लिक गर्नुहोस्।

चरण २: लगइन (Login) गर्नुहोस्

१. बक्समा आफ्नो १० अङ्कको मोबाइल नम्बर राख्नुहोस्। 

२. त्यहाँ देखिएको तस्बिरको अक्षर (Captcha) जस्ताको तस्तै टाइप गर्नुहोस्। 

३. ‘Generate OTP’ बटन थिच्नुहोस्। 

४. मोबाइलको म्यासेजमा आएको ६ अङ्कको कोड बक्समा राख्नुहोस्। 

५. ‘Validate & Login’ मा क्लिक गर्नुहोस्।

चरण ३: व्यक्तिगत विवरण भर्ने

फारम खुलेपछि मागिएका विवरणहरू भर्नुहोस्:

  • नाम: नागरिकतामा भए अनुसार नाम लेख्नुहोस्।
  • बुबा, आमा र बाजेको नाम: अनिवार्य रूपमा भर्नुहोस्।
  • जन्म मिति र लिङ्ग
  • ठेगाना: आफ्नो जिल्ला, पालिका र वडा नम्बर छान्नुहोस्।
  • नागरिकता/पासपोर्ट को विवरण भर्नुहोस्

चरण : कल विवरण (Call History)

यस खण्डमा यो सिम तपाईँकै हो भनेर चिनाउनको लागि:

  • पछिल्ला ३ दिनभित्र तपाईंले आफ्नै मोबाइल नम्बरबाट फोन गरेका सही नम्बरहरू लेख्नुहोस्। सकेसम्म हालसालै फोन गरेका ५ वटा मोबाइल नम्बरहरू भर्नुहोस्।
  • (नोट: आफूलाई फोन आएको नम्बर वा १४१५ जस्ता नम्बर नराख्नुहोला, आफूले कल गरेको नम्बर मात्र राख्नुहोस्।)

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो 



वर्तमान समयमा बैंक खाता खोल्न, डिजिटल वालेट बनाउन तथा अन्य विभिन्न सरकारी र वित्तीय कामका लागि आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नु व्यवस्था छ । त्यसैले अरूको नाममा भएको सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने हुन्छ । 

यसअघि सिमकार्ड नामसारीका लागि आवश्यक फारम भर्न ग्राहक स्वयम् टेलिकमको कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अब भने ग्राहकले घरमै बसेर अनलाइनमार्फत फारम भर्न सक्नेछन् । यद्यपि अनलाइन फारम भरेपछि अन्तिम प्रमाणीकरणका लागि भने एकपटक अनिवार्य रूपमा कार्यालयमै पुग्नुपर्ने हुन्छ । अनलाइनबाटै विवरण बुझाउँदा कार्यालयमा हुने समयको बचत हुने र नामसारी प्रक्रिया छिटोछरितो हुने टेलिकमले जनाएको छ ।

हालका लागि यो सेवा काठमाडौँको बबरमहल र सुन्धारास्थित टेलिकमका कार्यालयमा मात्र सुरु गरिएको छ । नेपाल टेलिकमले आगामी दिनमा यो सेवालाई देशैभरका अन्य शाखा कार्यालयहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

थप जानकारी र सहायताको लागि 1498 माग कल गरेर जानकारी लिन सक्नुहुनेछ।


Post a Comment

0 Comments