साप्ताहिक राशिफल - पुस २७–माघ ३, २०८२ Weekly Horoscope
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) नेपाली पात्रो राशिफल
मेष - Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा प्रियजनसँगको भेटघाटले उत्साह जगाउनेछ। भौतिक सुखका साधन जुट्नेछन्। पेसा–व्यवसायमा फाइदा हुनेछ। तर, मंगलवारपछि अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला। परिस्थितिले संघर्षको पाइलामा हिँडाउन सक्छ। सुखदुःखमा साथ दिनेहरू पनि कमै भेटिए पनि सप्ताहान्तमा आस मारेको कामले उत्साह जगाउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। विभिन्न अवसर समेत हात पार्न सकिनेछ।
वृष - Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा परिश्रम परे पनि राम्रो प्रतिफल पाइनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। रोकिएका काम बन्नुका साथै व्यापार बढ्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि वर्गीय हक–हित संरक्षण तथा दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा स्वास्थ्यमा समस्या देखिनुका साथै घरेलु समस्याले पिरोल्न सक्छ। आफ्नो स्वतन्त्रतामा बाधा पुग्न सक्छ। नियमित काम राेकिनेछ।
मिथुन - Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनकाे प्रतिस्पर्धामा केही पछि परिएला। सहपाठीहरूसँग असमझदारी बढ्न सक्छ। नियमित काममा धेरै समय दिन नसकिएला। पेटको मौसमी गडबडीले समेत काममा बाधा उत्पन्न गर्न सक्छ। मंगलबारपछि स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धीहरूले पनि मित्रवत् व्यवहार गर्न थाल्नेछन्। केही दौडधुप गर्नुपरे पनि शुभचिन्तकहरूको साथ मिल्नाले आँटेका काम सम्पादन हुनेछन्। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रियजनसँग रमाइलो भेट हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घर–परिवारका समस्या सुल्झाउनुपर्ने समय छ। वादविवादले मन खिन्न हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। पढाइलेखाइमा पनि ध्यान केन्द्रित नहुन सक्छ। आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। साताको पछिल्लो समयमा स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धामा उत्रिएरै आम्दानीको दिगो स्रोत हात पार्न सफल भइनेछ।
सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताकाे प्रारम्भ अनुकूल, फलदायी रहनेछ। परिश्रमको नतिजा राम्रै पाइनेछ। हिम्मत गर्दा विशेष अवसर प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि सहयोगीहरूले साथ दिनेछन्। साहसी काम गरेर नाम कमाउने अवसर प्राप्त हुनेछ। बुधवार र बिहीवार भने अलि अप्ठ्यारमेमा परिने सम्भावना छ। नजिकका साथीभाइ टाढिन सक्छन्। केही अप्रिय समाचारले मन खिन्न हुन सक्छ। आँटेको काम बीचैमा रोकिन सक्छ। पेटको गडबडीले स्वास्थ्य कमजाेर रहनेछ, खानपानमा सजग रहनुहाेला।
कन्या - Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साता केही उतारचढावमय रहनेछ। सुरुमा आलोचकहरूकाे अवराेधले काम राेकिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला। परिस्थिति प्रतिकूल रहनेछ, वादविवादमा अघि नसर्नुहाेला। बुधवार र बिहीवार स्थिति अनुकूल बन्नुका साथै सहयोगीले साथ दिनेछन्। विशेष माैकामा दिगो काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। सप्ताहान्तमा घरायसी काममा अलमल हुनेछ। आफन्तको सहयाेग नजुट्नाले लक्ष्यमा पुग्न बाधा पर्नेछ।
तुला - Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बीचमा उतारचढाव आए पनि साता फलदायी रहनेछ। सुरुमा रमाइलाे भेटघाट हुनुका साथै काममा आफन्तकाे साथ–सहयाेग जुट्नाले फाइदा हुनेछ। नयाँ वस्त्र, अलंकार, भाैतिक साधन आदि जुटाउने समय छ। बुधवार र बिहीवार भने अलि जाेगिएर काम गर्नुपर्ने समय छ। विवादास्पद काममा हातहाल्नाले अवराेध सामना गर्नुपर्ला। पहिलेका समस्या सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। आर्थिक पक्ष पनि सबल बन्नेछ।
वृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साता केही उतारचढावमय रहनेछ। प्रारम्भमा खर्च बढ्नेछ, आयस्राेत कमजाेर हुनाले अर्थ अभावले सताउन सक्छ। यात्रा र किनमेलमा अधिक खर्च हुनेछ। अवसर र पैसाको खोजीमा केही दौडधुप गर्नुपर्ला। मंगलवारपछि स्थितिमा सुधार आउनेछ। स्राेत–साधन जुट्नाले कुनै काम प्रारम्भ गर्न सकिनेछ। पहिलेका समस्या नसुल्झिए पनि नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। तर साथीभाइसँग भने वादविवाद हुन सक्छ। पुरानाे हिसाब नमिल्दा आर्थिक काराेबारमा पनि समस्या आउन सक्छ।
धनु - Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्यतया साता फलदायी रहनेछ। प्रारम्भमा आयस्राेत सबल बन्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। सानाे प्रयत्नले फाइदा दिलाउन सक्छ। अर्थलाभ हुनाले भौतिक साधन जुटाउन सफल भइनेछ। बुधवार र बिहीवार भने अधिक खर्च हुनेछ। लगानीतर्फ धेरै रकम जुटाउनुपर्ने हुन सक्छ। खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल हुनाले नयाँ अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता समेत बढ्न सक्छ। रमाइलो जमघटमा सहभागी भइनेछ।
मकर - Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साता फलदायी रहनेछ। प्रतिष्ठित काम गर्ने समय छ। कामकाे अनुभव देखाएर नयाँ अवसर प्राप्त गर्न सकिनेछ। सामाजिक जिम्मेवारी वहन गर्ने समय छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। नयाँ साथीहरू सहयाेगी बन्नेछन्। परिश्रमअनुसार राम्रै फल पाइनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा खर्च बढ्नुका साथै स्वास्थ्यमा समस्या देखिन सक्छ। कामविशेषले यात्रा गर्नुपर्ला। नियमित काम राेकिन सक्छ।
कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा केही चुनाैतीसँग जुध्नुपर्ला। स्वास्थ्य कमजाेर रहनेछ। खर्च बढ्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। साथीभाइ टाढा हुनेछन् र परिस्थिति अनुकूल नहुँदा काम बिग्रने चिन्ता बढ्नेछ। तर मंगलवारपछि स्थितिमा सुधार आउनेछ। स्राेत–साधन जुट्नेछन् र आँटले काम लिन सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिनेछन्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने कामसमेत प्रारम्भ हुनेछ। आयस्रोत थपिनाले लाभांश पनि बढ्नेछ।
मीन - Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साताकाे अधिकांश समय चुनाैतीपूर्ण रहनेछ। स्वास्थ्यमा समस्या आउनेछ। कामको बोझ थपिन सक्छ। नियमित काममा पनि बाधा पुग्नेछ। अरूकै काममा धेरै समय खर्चनुपर्ला। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बनिसकेकाे काम बिग्रनाले दाेहाेर्याउनुपर्ने हुन सक्छ। सप्ताहान्तमा भने स्थिति अनुकूल बन्नेछ र अड्किएकाे कामले गति लिनेछ। भौतिक साधन जुट्नाले काम बन्नेछ। शुक्रवारदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ।

0 Comments