Hot Posts

जेन्जी प्रदर्शनको बेलामा शेरबहादुर देउवा दम्पतिको ज्यान जोगाउने युवालाई सम्मान

 जेन्जी आन्दोलनमा शेर बहादुर देउवाको ज्यान जोगाउने युवालाई नेपाल विघार्थी संघले नगद रु पाँच हजार सहित सम्मान गरेको छ।


जेन्जीबाट कुटिएका देउबा दम्पति आर्जु राणा र शेरबहादुर देउवा बचाउने लाई नगदसहित उच्च कदरको सम्मान गरिएको छ। नेपाली काङ्ग्रेस निकट नेवी सङ्घले नेपाली कांग्रेसका परराष्ट्रमन्त्री आर्जु राणा र पूर्व प्रधानमन्त्री देउबालाई आन्दोलनकारीले कुटिरहेको बेलामा कुट्नबाट जोगाई सुरक्षित स्थानमा लैजाने राहुल शाहलाई उच्च कदरको सम्मानसहित ५००० नगदले सम्मान गरेको छ। जेन्जी आन्दोलनको क्रममा भएको त्यो घटनालाई भिडियोमा प्रष्टै देख्न सकिन्छ कि राहुल शाहले देउबा दम्पतिलाई भर्याङमा बोकेर समेत सुरक्षा दिन आएका आर्मी प्रहरी सामु जिम्मा लगाएका थिए। र भिडियोमा भन्दै थिए नकुट्नुस्। उनी भने नेपाली कांग्रेसका युवा नभएता पनि मानवताको हिसाबले विधंश हुन र मानवीय क्षति नहोस् भनेर म पनि जेन्जी आन्दोलनमा सरिक भएको थिएँ भनेर बताएका छन्। आफूले पहल गर्दागर्दै पनि ठूलो हुको सामु आफू एक्लैले केही गर्न नसकेको बताउँछन्। 

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments