१३ वर्षदेखि खोजिरहेको फूल भेट्टाउँदा ह्वाह्वा रुँदै, लोप भइसकेको फूल भिडियो हेर्नुहोस्
१३ वर्षदेखि खोजिरहेको फूल भेट्टाउँदा वनस्पति शास्त्री ग्वाग्वा रोए सुम्पुर कुडुस वन पश्चिमी सुमात्रा इन्डोनेसिया र्याफेलीसिया ह्यासेफ्टी नामक परजीवी वनस्पति पुग्न कठिन र खतरनाक अप्ठेरो ठाउँमा उम्रन्छ उनी भन्छन १३ वर्षको प्रतिक्षापछि हामीले २० घण्टा स्थल मार्गबाट ननस्टप यात्रा गरेपछि मात्र हामीले उक्त फूल भेट्टाउन सक्यौँ झर्नलाई पनि हामीलाई उस्तै समय लाग्यो म एकदमै भाग्यमानी छु। संसारको जीवित मानिसहरूमध्ये सबैभन्दा भाग्यमानी म हुँ। खोज्दै जाँदा यो वनस्पति बाघको हिँड्ने बाटोमा भेटिएको थियो। अनि यो रातको समय थियो हामी यहाँबाट तत्कालै फर्किहाल्नुपर्ने थियो। जति सक्दो छिटो कि नत्रभए हामीलाई बाघले शिकार गर्न सक्छ। यो वनस्पति भेटिनु स्वस्थ इकोसिस्टमको संकेत हो। यो धेरै दुर्लभ हुँदै गएको छ। विभिन्न प्रदूषण र मानवीय खराब प्रवृत्तिले। म भाइरल हुन चाहन्न। तर समुदायबाट थप ज्ञान सल्लाह सुझाव र सूचना पाउन चाहन्छु। यो ठाउँ र यो वनस्पति कसरी जोगाउने भन्ने बारेमा यसलाई जोगाउनु भनेको सफा प्रकृति सुन्दर वातावरण हुनु पनि हो र पर्यटक पनि भित्र्याउन सकिन्छ। यो वनस्पतिलाई हामीले जोगाइ राख्न अहिले जलवायु परिवर्तन भइरहेको छ र अवैध काठ निकासीको प्रभाव पनि छ।

0 Comments