राष्ट्रिय परिचयपत्र नम्बरको भरमा अनलाइनबाट मतदाता नामावली यसरी दर्ता गर्नुहोस् आफ्नो नाम
निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगको प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीलाई आपसमा जोडेर अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने सेवा सञ्चालनमा ल्याइएको हो ।
यसअघि आयोगको वेबसाइटबाट आफ्नो व्यक्तिगत विवरणसहित प्रि-इनरोलमेन्ट गर्ने व्यवस्था मिलाइएको भए पनि बायोमेट्रिक र फोटो खिचाउन निर्वाचन कार्यालयसम्म जानुपर्ने बाध्यता रहेको थियो । अब भने प्रि-इनरोलमेन्टको साटो आफैँले मतदाता नामावली दर्ता प्रक्रिया सम्पन्न गर्न सकिने भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको सहजीकरणमा आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले छोटो समयमै यो प्रणाली तयार पारेका हुन् । बिहीबार मात्रै यसको परीक्षण सम्पन्न भएको थियो ।
कसरी गर्ने दर्ता ?
यदि तपाईँसँग राष्ट्रिय परिचयपत्र नम्बर छ भने यो सुविधा प्रयोग गरेर तपाईँले आफैँले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नु हुन्छ । यसका लागि सबैभन्दा पहिला आयोगको वेबसाइट (election.gov.np) मा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् ।
स्रोत :- टेक पाना

0 Comments