Hot Posts

चिशंखुगढीका अध्यक्षको प्रधानमन्त्रीलाई पत्र: भुवन श्रेष्ठको उद्वार गर्न अपिल

 

चिशंखुगढीका अध्यक्षको प्रधानमन्त्रीलाई पत्र: भुवन श्रेष्ठको उद्वार गर्न अपिल

खलढुंगाको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले युएई जेलमा रहेका भुवन श्रेष्ठ र पहलमान मगरको उद्वारका लागि कुटनितिक पहल गर्न सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई छुट्टा छुट्टै पत्र लेख्दै अध्यक्ष शर्माले तोकिएको ब्लडमनि नदिए मृत्युदण्ड दिने घोषणा गरेर जेलमा राखेका नेपालीको ज्यान बचाएर स्वदेश फर्काउन युएई सरकारसँग कुटनितिक पहल गर्न माग गरेका हुन् ।




चिशंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा छन् ।



नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा छन् । ब्लडमनि ५० लाखका दरले दुइ जनाले १ करोड नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको छ ।

ओखलढुंगाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र सामाजिक अभियान्ताहरुले भुवन श्रेष्ठ बचाउ अभियान नै चलाएका छन् । ब्लडमनि दिन रकम संकलन अभियान समेत थालिएको छ ।






Post a Comment

0 Comments