Header Ads Widget

NTC प्रयोगकर्ताका लागि खुसीको खबर! हराएको वा बिग्रिएको सिम अब अनलाइनबाटै पाइने।

 

 नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड पुनः प्राप्त गर्न अब अनलाइनमार्फत आवेदन दिन सकिने नयाँ सेवा सुरु गरेको छ । टेलिकमले साउन १ गतेदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।

टेलिकमका अनुसार हराएको वा बिग्रिएको सिमकार्डको सट्टा नयाँ फिजिकल वा ई-सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np मा गएर 'Apply for Lost/Damaged SIM' विकल्पमार्फत आवश्यक विवरण भरी आवेदन दिन सक्नेछन् ।

आवेदनपछि सेवाग्राहीले सम्बन्धित काउन्टरमा उपस्थित भएर नयाँ सिम लिन सक्नेछन् । नयाँ सिमका लागि आवश्यक ५० रूपैयाँ काउन्टरमै बुझाउनुपर्नेछ । यदि सेवाग्राही आफैँ उपस्थित हुन नसकेमा प्रतिनिधिमार्फत पनि सिम बुझ्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि प्रतिनिधिको नाम आवेदन फाराममै उल्लेख गर्नुपर्ने र प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै यो व्यवस्था लागु गरिएको हो ।

टेलिकमको esim.ntc.net.np पोर्टलमा अब हराएको वा बिग्रिएको सिमको सट्टा नयाँ सिम प्राप्त गर्ने सुविधा पनि थपिएको हो । यही पोर्टलबाट नयाँ प्रिपेड ई-सिम लिन, फिजिकल सिमलाई ई-सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिमका लागि आवेदन दिन तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments