Header Ads Widget

साउदीको लागि राजदुत सिफारिस भएका गिरिबहादुर सुनारको बयान यस्तो छ।

 

साउदीको लागि राजदुत सिफारिस  भएर अस्विकृत भएका -गिरि बहादुर सुनार


शा'रीरि'क स'म्ब'न्ध पनि उहाँकै प्रस्तावमा भएको हो, उहाँका श्रीमान् कुनै देशमा श'रण लिएर बस्नुभएको थियो - गिरीबहादुर सुनार


त्यसपछि हामी लामो समयसम्म सँगै बस्यौँ। मसँग त्यतिबेला पैसा थिएन। अहिले ममाथि ठूलो रकमको आ'रोप लगाइएको छ। टोखामा उहाँले आफ्नै खाट, बिस्तारा, सिरक र कम्बल किनेर कोठा भाडामा लिनुभयो र मलाई त्यहीँ राख्नुभयो। टोखाको घरबेटीसँग गएर पनि यसबारे बुझ्न सक्नुहुन्छ। म उहाँसँग टोखामा दुई वर्ष बसेको हुँ। म स'म्बन्धविच्छेद गरिसकेको व्यक्ति हुँ, यो कुरा पनि सम्झिराख्नुहोला।


हामी टोखामा दुई वर्ष सँगै बस्यौँ। त्यही क्रममा उहाँले मलाई ‘हामीले पनि बच्चा जन्माऔँ, गर्भधारण गरौँ’ भन्ने प्रस्ताव राख्नुभयो। उहाँका श्रीमान् कुनै देशमा शरण लिएर बस्नुभएको थियो। उहाँको श्रीमान्सँग १८ वर्षसम्म भेटघाट भएको थिएन। उहाँ एक्लो हुनुहुन्थ्यो। त्यसैले उहाँले मसँग प्रेम प्रस्ताव राख्नुभयो।


१८ वर्षपछि उहाँका श्रीमान्को स्थायी बसोबाससम्बन्धी अनुमति (ग्रिनकार्ड) बनेपछि उहाँले मलाई ‘म मेरी जेठी छोरीलाई त्यहाँ पुर्‍याएर आउँछु’ भन्नुभयो। त्यतिबेला उहाँ सात महिनाको गर्भवती हुनुहुन्थ्यो। जेठी छोरीलाई त्यहाँ पुर्‍याउने भन्दै उहाँ अमेरिका जानुभयो र त्यहीँ बच्चा जन्मियो। उहाँ र मेरो प्रेम स'म्बन्धबाट छोरी जन्मिएकी हुन्।


छोरी जन्मिएपछि मैले उहाँलाई ‘मलाई पनि छोरी कहिलेकाहीँ हेर्न मन लाग्छ, देखाउनु न’ भनेँ। सुरुका दिनमा उहाँले छोरी देखाउनुभयो र तस्बिरहरू पनि पठाउनुभयो। ती सबै तस्बिर तथा भिडियो मसँग सुरक्षित छन्। उहाँसँग भएका कुराकानी र प्रेमसम्बन्धी संवादहरू पनि मसँग छन्।


तर, पछि उहाँको व्यवहार बिस्तारै परिवर्तन हुन थाल्यो। उहाँले मसँग भएका खाटलगायत सबै सामान फिर्ता माग्नुभयो। मलाई ‘कामी-दमै’ भनेर हे'प्नसमेत थाल्नुभयो। मैले ‘ठीकै छ, म यहाँ बसेको थिएँ, तपाईंका सामान फिर्ता दिन्छु’ भनेँ।


सामान कसलाई बुझाउने भन्ने समस्या आयो। मविरुद्ध मुद्दा हाल्ने उहाँकी प्रतिनिधि साथीलाई सामान बुझाउन खोज्दा उहाँले लिन मान्नुभएन। अर्की साथीले पनि लिन मान्नुभएन। अन्ततः बा'ध्य भएर मैले ती सामान उहाँका श्रीमान्का आमाबुबाको घरमा पुर्‍याइदिएँ।


त्यहाँ पुगेपछि उहाँका आमाबुबाले ‘मेरो छोरो यति वर्षदेखि नेपाल आएको छैन, यो के हो बाबु?’ भनेर सोध्नुभयो। मैले उहाँ र म दुई वर्ष सँगै बसेको र उहाँकै आग्रहअनुसार सामान बुझाउन आएको सबै कुरा स्पष्ट रूपमा बताएँ। सामान बुझाएर फर्किने क्रममा उहाँका आमाबुबाले दशैँको टीका लगाएर मलाई बिदा गर्नुभयो। उहाँहरूले ‘बाबु, तिमीले पनि दुःख पाएछौ। उसले त मेरो छोराको दुई–तीन ठाउँमा भएको जग्गा–सम्पत्ति पनि आफ्नो नाममा पारेकी रहिछे। मेरो छोरालाई पनि दुःख दिई, तिमीलाई पनि दुःख दिई। पीर नगर’ भन्नुभयो।


मैले त्यहाँ उहाँका आमाबुबालाई कहिल्यै नराम्रो भनेको छैन। कसैलाई हे'प्ने वा अ'पमान गर्ने काम पनि गरेको छैन। उहाँले फिर्ता माग्नुभएका सामान बुझाएर मात्रै फर्किएको हुँ।


अहिले उहाँ सञ्चारमाध्यममा आएर रोइरहनुभएको विषयमा मेरो प्रश्न छ- उहाँ किन यसरी प्रस्तुत भइरहनुभएको छ? मेरो बुझाइमा, मैले आफ्नी छोरीको अधिकारका लागि आवाज उठाउन थालेपछि छोरी आफूसँगबाट टाढा हुन सक्ने डरले उहाँले यस्तो गरिरहनुभएको हो। छोरीको विषयमा उहाँ र मेरो वि'वाद रहेको छ, र त्यसको समाधान कानुनी प्रक्रियाबाट हुनुपर्छ।


अर्को कुरा, उहाँ अहिले नेपाली नागरिक हुनुहुन्न। उहाँले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसक्नुभएको छ। म नेपाली नागरिक हुँ। छोरीको अधिकारका विषयमा नेपालको कानुनले के व्यवस्था गरेको छ, त्यसबारे सम्बन्धित कानुनी प्रावधान हेर्न सकिन्छ। म छोरीको अधिकारका लागि पहल गर्न खोज्दा विभिन्न ठाउँमा अ'वरोध सिर्जना गरिएको मेरो गुनासो छ। अहिले मेरो राजदूत पदको प्रस्तावका विषयमा पनि उहाँले बा'धा पुर्‍याउन खोज्नुभएको छ।


म आखिर कति दिनसम्म ड'राएर बस्ने? कहिले कहाँ गएर के भनिदिने हुन् भन्ने ड'रले सधैँ थरथर काँ'पेर बस्न सक्दिनँ। अब म ड'राएर बस्नेवाला छैन। जे सत्य हो, त्यो कुरा स्पष्ट रूपमा राख्छु। मैले आफ्नी छोरीको अधिकारका लागि ल'ड्नुपर्छ। छोरीकै विषयलाई लिएर उहाँले सञ्चारमाध्यममा आफ्नो कुरा राखिरहनुभएको छ भन्ने मेरो बुझाइ छ।


म स'म्बन्धवि'च्छेद गरिसकेको व्यक्ति हुँ। मेरो स'म्बन्धविच्छेदस'म्बन्धी कागजात आवश्यक परे काठमाडौँ वा बाजुरा जिल्लाबाट खोजेर हेर्न सकिन्छ।


अर्को महत्त्वपूर्ण कुरा, उहाँ र मेरो प्रेम सम्बन्धबारे मेरो बुबा, आमा, भाइबहिनी र मेरी श्रीमतीसमेत जानकार हुनुहुन्थ्यो। तर उहाँले भने आफ्ना सासू-ससुरा, छिमेकी वा अन्य व्यक्तिलाई हाम्रो स'म्बन्धबारे जानकारी दिनुभएको थिएन। मैले उहाँका सामान उहाँका सासू–ससुराको घरमा बुझाउन जाँदा उनीहरूले सोधखोज गरेपछि मात्रै यसबारे जानकारी पाउनुभयो। त्यसपछि ‘आफ्नो कुरा लुकाउनुपर्नेमा सबै कुरा भनिदियो’ भन्ने आधारमा ममाथि म'हिला हिं'सा'को आ'रोप लगाइएको हो भन्ने मेरो बुझाइ छ।


यहाँहरूले मलाई आफ्नो उम्मेदवारी वा प्रस्ताव बारम्बार फिर्ता लिन भन्नुभयो। यहाँहरूले प्रश्न गर्नुभएकोमा धन्यवाद। यदि म च'रित्रही'न छु वा मेरो योग्यता पुगेको छैन भने सम्बन्धित निकायले त्यसको निष्पक्ष मूल्याङ्कन गरोस्। म आफैँ प्रस्ताव फिर्ता लिने पक्षमा छैन, किनभने मैले कुनै ग'ल्ती गरेको छैन भन्ने मेरो अडान छ।


मलाई आज खुसी लागेको कुरा के हो भने ममाथि लागेका आ'रोप'बारे आफ्नो धारणा स्पष्ट रूपमा राख्न पाएको छु। अब आगामी दिनमा उच्च मनोबलका साथ अघि बढ्न सक्छु। म अब ड'राएर बस्नेछैन, किनभने मेरी छोरीको अधिकारका लागि मैले आवाज उठाउनुपर्छ। छोरीको भविष्य र अधिकारका विषयमा म कानुनी प्रक्रियामार्फत अघि बढ्नेछु।


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो ।



Post a Comment

0 Comments