कहाँ कहाँ पानी पर्दैछ र कति पानी पर्यो भनेर कसरी थाहा पाउने, आउनुहोस् जानिहालौं। वर्षा सुरु भएसँगै कहाँ पानी परिरहेको छ र कति पानी पर्यो भनेर जान्ने इच्छा सबैलाई हुन्छ।
जसको लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइटमा सजिलै हेर्न सकिन्छ।
यहाँ दिएको वेबसाइटमा जानुहोस् र यहाँ नेपालको नक्सा सहीत पछिल्लो एक घण्टामा कहाँ कति मिलिमिटर वर्षा भयो भन्ने जानकारी देखिन्छ। हामीले यसलाई जुम गरेर पनि हेर्न सकिन्छ यदि तपाईं पछिल्लो तीन घण्टा, छ घण्टा, १२ घण्टा वा २४ घण्टामा कहाँ कति पानी पर्यो भनेर थाहा पाउन मन छ भने त्यहाँ क्लिक गरेर पनि थप जानकारी लिन सक्नुहुनेछ।
उदाहरणका लागि २४ घण्टामा क्लिक गर्यौँ भने यसरी देखिन्छ हामीले यो भिडियो तयार पार्दासम्म पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुर जिल्लाको कृष्णपुर भन्ने ठाउँमा सबैभन्दा धेरै 70.2 मिलिमिटर वर्षा भएको देख्न सकिन्छ।
त्यसैगरी अहिले ठूलो पानी परिरहेको छ भने उक्त स्थानमा यसरी ब्लिङ्क गरिरहेको देख्न सकिन्छ।
अर्को यो वेबसाइट खोल्नुभयो भने मौसमको पूर्वा अमनुमान, विभिन्न ठाउँको तापक्रम, मौसमी चेतावनी र बाढीको चेतावनी लगायतको जानकारी देख्न सकिन्छ।
त्यस्तै यो वेबसाइटमा जानुभयो भने real time data हेर्न सकिन्छ, जस्तै : कुन नदीमा पानीको सतह कति छ, बाढी आउन सक्ने सम्भावित क्षेत्रको नक्सा लगायतको जानकारी देख्न सकिन्छ। यस्तै महत्वपूर्ण अपडेटको लागि डिजिटल सरोकारलाई फलो गर्न नभुल्नुहोला। उक्त लिङ्कहरू तपाईँहरूको सजिलोको लागि डिस्क्रिप्सन र कमेन्टमा राखिदिएका छौँ।

0 Comments