माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई उपचारका लागि वीर अस्पताल पठाइएको हो। घटनापछि अवस्था हेर्दै उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।
हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।
शोभा पाठकले यसअघि एमाले नेता महेश बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी थिइन्। पछिल्लो समय भने उनी राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङलाई पुनर्बहाली गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्दै आएकी थिइन्।
सोही धर्नाकै क्रममा हातपात भएको प्रहरीको प्रारम्भिक भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments