एक हातले बाइक चलाएको भिडियो हटाएको केही समयमै लडे हर्क साम्पाङ, हातमा चोट लाग्यो
हर्क साम्पाङ बाइक दुर्घटनामा घाइते भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू लडेको र हातमा चोट लागेको जानकारीसहित तस्बिर सार्वजनिक गरेका छन्। उनको अवस्था भने सामान्य रहेको जनाइएको छ।
दुर्घटनाअघि साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियोमा उनले हेल्मेट लगाएको देखिए पनि हेल्मेटको फिता नबाँधिएको देखिन्थ्यो। भिडियो सार्वजनिक भएपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्राफिक नियम उल्लंघन गरेको भन्दै नेपाल प्रहरीलाई समेत ट्याग गरेका थिए।
सामाजिक सञ्जालमा आलोचना बढेपछि साम्पाङले उक्त भिडियो हटाएका थिए। तर भिडियो हटाएको केही समयमै आफू मोटरसाइकलबाट लडेको र हातमा चोट लागेको जानकारी सार्वजनिक गरेका हुन्।
घटनापछि सामाजिक सञ्जालमा सडक सुरक्षासम्बन्धी नियमको पालना सबैले गर्नुपर्ने भन्दै चर्चा सुरु भएको छ। धेरैले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले ट्राफिक नियमको पालनामा झन् बढी जिम्मेवारी देखाउनुपर्ने टिप्पणी गरेका छन्।
हाल साम्पाङको स्वास्थ्य अवस्था सामान्य रहेको र चोट गम्भीर नभएको बताइएको छ।
हर्क साम्पाङले हटाएको भिडियो 👈हेर्नुहोस्।

0 Comments