Hot Posts

नेपाल प्रहरीको विभिन्न पदमा ठूलो सङ्ख्यामा भर्ना खुल्यो, यसरी आवेदन दिनुहोस्

 नेपाल प्रहरीले विभिन्न प्राविधिक विधाका लागि ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।


प्रहरीले प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आवेदन मागेको छ ।

सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य र संगीत विधाका लागि जनशक्ति मागेको हो ।

त्यस्तै, प्रहरीले विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलाएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम मार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।

यता प्रहरी जवानमा २ सय ८० र अन्य पदहरुमा १ सय २९ जना माग गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने प्राविधिक प्रहरी जवानका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाएको छ ।



डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो




Post a Comment

0 Comments