रास्वपाले समानुपातिक सांसदका लागि बुझाएका ५७ जनाको नाम लिस्ट यस्तो छ
रास्वपाद्वारा ५७ समानुपातिक सांसदको सिफारिस: 'बालेन कोटा' हाबी हुँदा चर्चित अनुहार बाहिरिए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फ जितेका ५७ सिटमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ। पार्टीले समावेशी क्लस्टरअनुसार सिफारिस गरेका नामहरूमा केही प्रभावशाली र चर्चित व्यक्तिहरू अटाउन सफल भएका छन् भने केही अपेक्षित अनुहारहरू अन्तिम सूचीबाट बाहिरिएका छन्।
पार्टीको यो सिफारिसमा काठमाडौँका मेयर बालेन शाह निकट मानिने उम्मेदवारहरूको बलियो उपस्थिति देखिएको छ भने सभापति रवि लामिछाने निकट कतिपय नेताहरू नै सूचीमा पर्न सकेनन्।
खस आर्य: यस समूहबाट १६ महिला र १ पुरुष सिफारिस भएका छन्। पुरुषतर्फ पहिलो नम्बरमा रहेका चर्चित वक्ता रमेश प्रसाईँ चुनिएका छन्। तर, दोस्रो र तेस्रो स्थानमा रहेका सुदीप ढकाल (बालेन निकट) र प्रमोद न्यौपाने (रवि निकट) भने अटाएनन्।
आदिवासी जनजाति: १३ महिला र ३ पुरुषको सिफारिस भएको छ। पुरुषतर्फ राम लामा, खुस्बु सरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा छानिएका छन्। जसमा राम र मिङमा बालेन शाहको कोटाबाट आएको चर्चा छ।
मधेसी: ६ महिला र ३ पुरुषको नाम सिफारिस गरिएको छ।
दलित: ७ महिला र १ पुरुषको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। दलित पुरुषतर्फ दोस्रो नम्बरमा रहेका चर्चित गायक प्रकाश सपुत भने अन्तिम छनोटमा परेनन्।
थारु र मुस्लिम: थारुबाट २ महिला र २ पुरुष तथा मुस्लिम क्लस्टरबाट ३ महिला सिफारिस भएका छन्।
यस्तो छ पूरा सुची :
आदिवासी जनजातिबाट:
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा
खस आर्यबाट:
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ
मधेसीबाट:
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण
दलितबाट:
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक
थारुबाट:
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी
मुस्लिमबाट:
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

0 Comments