Hot Posts

नेपालको आकाशमा देखिएको चम्किलो दृश्यको रहस्य खुल्यो, भिडियो हेर्नुहोस्

 

नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्यालो दृश्य देखियो । यो दृश्यका कारण धेरैले अनेकौ अनुमानहरू गरिरहेका छन् ।

आकाशका अकस्मात देखिएको यो दृश्य आकाश पिण्डमा आएको कुनै बदलाव होइन । वैज्ञानिकहरूका अनुसार यो रकेट प्रक्षेपणका कारण देखिएको दृश्य हुनसक्छ । नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्रका प्रमुख हरिनारायण श्रेष्ठका अनुसार रकेटहरू प्रक्षेपण गर्दा धेरै माथि जान्छ र रातको समयमा त्यसको उज्यालो देखिएको हुनसक्छ ।

सोसाइटीले उक्त दृश्यबारे आइतबार आफ्नो पेजमा लेखेको छ- ‘आज साँझ नेपालका विभिन्न स्थानहरूबाट आकाशमा देखिएको उज्यालो दृश्य वास्तवमा नेपालमाथि उडेको रकेट होइन। सम्भावित रूपमा चीनबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीबाट करिब २००–४०० किलोमिटर उचाइमा पुगेपछि त्यसको धुवाँ सूर्यको प्रकाशले उज्यालो भएर देखिएको घटना हो ।’

रकेट यति धेरै उचाइमा पुगेपछि त्यसबाट निस्कने ग्यास धेरै फैलिन्छ र पृथ्वीका हजारौँ किलोमिटर टाढासम्मबाट पनि देखिन सक्छ । त्यसैले नेपाल, भूटान, भारतको असम लगायतका क्षेत्रबाट पनि एकै समयमा यो दृश्य देखिएको हुन सक्छ।


वि शेषज्ञहरूका अनुसा र उक्त दृश्य ची नले आइतबा र बेलुकी प्रक्षेपण गरेको Long March-6A rocket रकेटको प्रभा व हो । ची नले उत्तर ची नको शा न्सी प्रा न्तस्थि त ताइयुआन स्या टेलाइट प्रक्षेपण केन्द्र बा ट Yaogan-50 02 ना मक रि मो ट सेन्सि ङ उपग्रह अन्तरि क्षमा पठा एको थि यो । रि पो र्ट अनुसा र उक्त उपग्रह रा ति करि ब ९:२२ बजे प्रक्षेपण गरि एको हो । प्रक्षेपणपछि उपग्रहले आफ्नो नि र्धारि त कक्षमा सफलता पूर्वक प्रवेश गरि सकेको जा नका री दि इएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments