Hot Posts

किन चाहियो भियाग्रा ? यौनक्षमता बढाउन यी खानेकुराहरु खानुहोस्

 किन चाहियो भियाग्रा ? यौनक्षमता बढाउन यी खानेकुराहरु खानुहोस्


यौन क्षमताको कुरा गर्न मानिसले जतिसुकै संकोच गरे पनि, हिच्किचाहट भए पनि यो विशुद्ध शारीरिक आवश्यकताको कुरा हो । यौन क्षमता राम्रो भएन भने मानिसको शारीरिक, मानसिक र सामाजिक र पारिवारिक जीवन नै पनि अस्तव्यस्त बन्न सक्छ । खासगरी, भियाग्रा लगायत यौन क्षमता बढाउने आधुनिक औषधीहरुको जमानामा मानिसहरुले थुपै खानेकुराहरुले प्राकृतिक रुपमा नै पनि यौन क्षमतालाई बढाउन सक्छ भन्ने कुरातर्फ खासै ध्यान दिन छाडिसकेका छन् । यहाँ हामी त्यस्ता केही खानेकुराहरुका बारेमा उल्लेख गर्दैछौं ।

कुरिलो


कुरिलोमा प्रशस्त मात्रामा फोलेट पाइन्छ । भिटामीन बीको एउटा रुप फोलेटले शरीरमा हिस्टामिनको उत्पादनमा सहयोग गर्छ । सही मात्राको हिस्टामीन महिला तथा पुरुष दुवैमा स्वस्थ यौन क्षमता कायम राख्नको लागि आवश्यक हुन्छ ।

एभोकाडो

एभेकाडोमा शक्तिको उत्पादनको लागि अत्यावश्कय फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यसबाहेक यसो मानिसको मुड र स्वस्थ महसूस गराउने स्वस्थकर चिल्लो पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ ।

अण्डा 


अण्डा प्रोटिन, भिटामिन (A, D, B12), सेलेनियम र कोलिनको उत्कृष्ट स्रोत हो, जसले मांशपेशी बलियो बनाउने, दिमाग तेजिलो पार्ने र रोग प्रतिरोधी क्षमता बढाउने काम गर्छ। यसले हड्डी र दाँत स्वस्थ राख्न, आँखाको ज्योति सुधार गर्न, तौल व्यवस्थापन गर्न र मुटुलाई फाइदा पुर्‍याउँछ।


फ्रेस माछा

चिसो पानीमा पाइने माछाहरुमा ओमेगा ३ प्रशस्त मात्रामा हुने गर्छ । यस्ता माछाहरुले हाम्रो शरीरको यौन क्षमतलाई पनि बढाउन मद्दत गर्छ । ओमेगा ३ हाम्रो मस्तिष्क र स्नायु प्रणालीको स्वास्थ्यको लागि अति उपयोगी चीज हो । त्यसले हाम्रो मुडलाई ठीक राख्छ, स्वस्थ महसूस गराउँछ, डिप्रेसन हुन दिँदैन, छाला चम्किलो बनाउँछ र मस्तिष्कको क्षमता लाई बलियो बनाएर हाम्रो स्मरणशक्तिसमेत बढाइदिन्छ ।

चकलेट
चकलेट खाँदा सरोटोनिक हर्मोन बन्ने गर्छ जसले मूड राम्रो बनाउँछ । यौन सम्बन्ध स्थापित गर्नुअघि चकलेट खाँदा तनाव कम हुन्छ र यौन इच्छा जागृत हुन्छ । यसका साथै चकलेटमा फेलिलएलथाइलमाइन हुन्छ जसले यौन इच्छा बढ्ने गर्छ ।

खरबूजा

खरबुजामा प्रशस्त मात्रामा एल–सिट्रुलिन (L-citrulline),  नामक एमिनो एसिड पाइन्छ । एल–सिट्रुलिन रुपान्तरण भएर एल–आर्गिनाइन (L-arginine)  र नाइट्रिक अक्साइड (nitric oxide)  मा परिणत भएपछि शरीरमा राम्रोसँग रक्त प्रवाह हुनलाई सहयोग गर्छ । नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुकुलो बनाउन मद्दत गर्छ । शरीरमा नाइट्रिक अक्साइडको स्तर कम हुँदा मानसिक तथा शारीरिक थकान हुने तथा यौन दुर्बलता पैदा हुने हुन्छ । भियग्राले जस्तै खरबुजामा पाइने एल–सिट्रुलिनले पनि यौनांगहरुमा रक्तप्रवाहलाई बढाइदिन्छ । रोचक कुरा के छ भने यसको कुनै नकारात्मक असर पनि हुँदैन । यौन क्षमता बढाउने हुनाले कतिपय विज्ञहरुले त खरबूजालाई प्राकृतिक भियग्राको संज्ञा पनि दिने गर्छन्

लसुन

लसुनमा एलिसिन  allicin) पाइन्छ । यो रसायनले यौनाङ्गहरुमा रक्तप्रवाह बढाउने काम गर्छ भन्ने विश्वास गरिन्छ । केही विज्ञहरुको रायमा त लसुन यौनेच्छा  बढाउने र यौनसन्तुष्टि दिने (aphrodisiac) अत्यन्तै शक्तिशाली खानेकुरा हो । तर यसले रातारात त्यो नतिजा चाहिँ दिँदैन । त्यसको लागि लसुनको ट्याब्लेट वा लसुन नै दैनिक रुपमा खाने गर्नुपर्छ । त्यसरी नियमित लसुन खाने हो भने त्यसको नतिजा एक महिनामै देखिन थाल्छ ।

बदाम

अध्ययनहरुले देखाएको छ, र एल–आर्गिनाइन पुरुषहरुको यौनक्षमता बढाउनको लागि उपयोगी हुने गर्छ । बदाममा प्राकृतिक रुपमा नै प्रशस्त मात्रामा र एल–आर्गिनाइन हुने गर्छ । यो रसायनले शरीरमा रक्तनलीहरुलाई सहज तुल्याउने नाइट्रिक अक्साइड बनाउन मद्दत गर्छ । प्रारम्भिक अध्ययनहले देखाएअनुसार र एल–आर्गिनाइनले मानिसको यौन दुर्बलतालाई समेत हटाउन मद्दत गर्छ ।

फर्सीको बियाँ



सीपीमा जस्तै फर्सीको बियाँमा पनि प्रशस्त मात्रामा जिंक पाइन्छ । फर्सीको बियाँले मािनसको प्रोस्टेट ग्लान्डलाई स्वस्थ राख्न मद्दत गर्छ । माथि पनि उल्लेख गरिसकिएको छ, जिंकले महिलाहरुको यौनक्षमतालाई बढाउने काम गर्छ । एउटा अध्ययनले फर्सीको बियाँ यौनेच्छा जागृत गराउने राम्रो खाद्य पदार्थ हो भन्ने देखाएको छ । फर्सीको बियाँमा प्रशस्त मात्रामा ओमेगा ३ पनि पाइन्छ । बताइबस्नु पर्दैन कि स्वस्थ यौन जीवनको लागि ओमेगा ३ अति आवश्यक चीज हो ।

पालुंगोः 



पालुंगोको सेवनले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाउँदछ र मूड पनि राम्रो बनाइदिन्छ । यसमा पाइने म्याग्नेसियम लगायतका लवणले रक्तनली सुन्निने समस्या हटाइदिन्छ जसका कारण रक्तप्रवाह बढ्दछ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ ।

खुर्सानीः 

खुर्सानीले उपापचयनलाई बढाइदिन्छ । जसका कारण इन्डोफिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट सरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्दछ । यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्तप्रवाह बढ्न जान्छ ।

अदुवाः

अदुवाले पनि रक्तप्रवाह बढाउने तथा धमनीहरुलाई स्वस्थ राख्नमा सहयोग पूराउँदछ जसका कारण मानिसको यौन इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।

केराः 

केरा पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत हो । उच्च सोडियमयुक्त खानेकुराले सरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले नुनको खराब असर घट्न जान्छ र रक्तप्रवाहमा वृद्धि हुन्छ ।

मह

आफ्नो यौन क्षमता बढाउन मध्यकालमा मानिसहरुले मह पिउने गर्थे । प्राचीन समयमा कुनै पनि बिबाहित जोडिलाई बिबाह गरेको एक वर्षसम्म महबाट बनेको पेय पदार्थ नियमित रुपमा खुवाइन्थ्यो, ताकी उनीहरुको हनिमुन रमाइलो होस् र बिबाह सफल होस् । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन (सेक्स हर्मन) उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।

यी खानाहरु नखानुहोस्

स्वस्थ यौन जीवनका लागि केही खानेकुरा खानु हुँदैन जस्तै कि रक्सी । रक्सीको अत्यधिक मात्राले टेस्टोस्टेरोनको स्तर कम गर्छ । यसको असर स्नायू प्रणालीमा पर्छ जसका कारण सेक्स ड्राइभ कम हुन्छ । यसका साथै यौन सम्बन्धको ठिक अघि कहिले पनि मासु वा नौनीजस्ता स्याचुरेटेड फ्याटयुक्त खानेकुरा नखानुहोस् । यसले रक्त सञ्चार स्लो गर्छ र यौन इच्छा कम हुने गर्छ ।


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो




Post a Comment

0 Comments