बालेन शाहलाई फेसबुकको स्टाटस डिलिट गर्न बाध्य बनाएको च्याटको स्क्रीनसट कसले भाइरल बनायो यस्तो छ च्याट
दाबी
फेसबुकमा एमाले नेता एवम् निवर्तमान सांसद् सूर्य थापाले आइतबार बिहान ६ः३६ बजे लामो स्टाटस राखे । पोस्टमा चार ओटा फोटो पनि छन् । एउटामा बालेनको पोस्ट र उनीसँग च्याट गरिएको दाबी गरिएको छ । च्याट गरेको भनिएको स्क्रिनशटको माथिपट्टि ‘यो पोस्ट delete गर्नु अघि बालेन सँगको कुराकानी ।’ उक्त च्याटमा यस्तो संवाद भएको देखिएको छ ।
प्रयोगकर्ताः Hello Sir!
बालेनः Hello bro
प्रयोगकर्ताः Ke Upload garnu vako yasto ?
बालेनः Ke xa ra testo ? Malai ta kei yaad xaina
प्रयोगकर्ताः Post check garnu ta, purai jhyap ma ho ku kya ho aaja rati
बालेनः Check gardai xu…
बालेनः Omg ! ke post garecu yar yasto. Alikati piyeko, jhyap vaiyoxa. I have deleted it now.
प्रयोगकर्ताः Hora
बालेनः Thanks yarr. Natra ta barbadai hunthyo ni
यो सामग्री तयार पार्दासम्म एमाले नेता थापाको उक्त पोस्टमा एक हजार बढी रियाक्सन, २५ कमेन्ट आएका छन् भने ६३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अब यस स्क्रिनशटको वास्तविकता जाचौं । कुनै पनि यस्तो अपरेटिङ सिस्टम छैन, जहाँ मेसेन्जरको च्याट गर्ने व्यक्तिको नाम देखाइएको होस् । भाइरल स्क्रिनशटमा बालेनको प्रोफाइल पिक्चरको आइकन र तलपट्टि नाम अनि भेरिफाइड मार्क राखिएको छ । जबकि फेसबुक प्रयोगकर्ता वा फेसबुक पेजसँग च्याट गर्दा नाम र भेरिफाइड चेकमार्क देखिंदैन ।
मेसेन्जरमा कुनै पनि प्रोफाइल वा पेजसँग च्याट गर्दा च्याटबक्सको तलपट्टि प्रोफाइल पिक्चरको आइकन मिलेर गरेको हुन्छ । जबकि भाइरल स्क्रिनशटमा प्रोफाइलको आइकन र च्याटबक्स एकनासको छैन ।
स्क्रिनशटलाई थप जुम गरेर हेर्दा ‘Omg! ke post garexu yar yasto. Alikati piyeko, jhyap vaiyoxa. I have deleted it now.’ को च्याटबक्सको छेउमा नाम र भेरिफाइड मार्कले च्याटबक्स छोएको देखिन्छ ।
हामीले त्यस्तै च्याट गर्यौं । त्यसबाट के पत्ता लाग्यो भने यो कुनै प्रयोगकर्तासँग गरिएको वास्तविक च्याट हो । तर, पछिबाट बालेनको प्रोफाइल आइकन र नाम थपिएको हो ।
यी विभिन्न तथ्यलाई आधार मान्दा भ्रम फैलाउन सामाजिक सञ्जालमा यो च्याट भाइरल बनाएको पुष्टि हुन्छ ।
दाबी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मध्यरातमा गरेको विवादित सामाजिक सञ्जाल पोस्ट डिलिट गर्नुअघि उनी एक प्रयोगकर्तासँग च्याटमा थिए । उक्त च्याटमा उनले पोस्ट रक्सीको नशा गरेको स्वीकार गरेका थिए र च्याटमार्फत सचेत गराएपछि उनले पोस्ट डिलिट गरे ।
दाबीकर्ता
एमाले नेता एवम् पूर्व सांसद् सूर्य थापा, कमल पाठक, राजु पहारी दर्शन, महेश ढुङ्गाना लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
बालेनले पोस्ट डिलिट गर्नुअघि च्याट गरेको दाबीसहितको भाइरल स्क्रिनशट एडिटेड (नक्कली) रहेको पुष्टि भएको छ । फेसबुक मेसेन्जरको कुनै पनि अपरेटिङ सिस्टममा च्याट गर्ने व्यक्तिको प्रोफाइल नाम र भेरिफाइड चेकमार्क च्याटबक्सको छेउमा जोडिएको देखिँदैन, जबकि भाइरल स्क्रिनशटमा च्याटबक्स र भेरिफाइड मार्क एकनासको छैन र एकअर्कामा छोएको देखिन्छ । उक्त संवाद कुनै सामान्य प्रयोगकर्तासँग गरिएको वास्तविक च्याट थियो । तर भ्रम फैलाउनका लागि पछिबाट मेयर बालेनको प्रोफाइल आइकन र भेरिफाइड नाम थपिएको हो ।
निष्कर्ष
मेयर बालेन्द्र शाहले विवादास्पद पोस्ट डिलिट गर्नुअघि एक प्रयोगकर्तासँग च्याट गरेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको च्याट स्क्रिनशट नक्कली हो । यो च्याट भ्रम फैलाउने उद्देश्यले सामाजिक सञ्जालमा भाइरल बनाइएको पुष्टि हुन्छ ।



.png)
.jpeg)
0 Comments