प्रचण्डसँग जनार्दनको बिदाई भेट
नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य जनार्दन शर्माले संयोजक पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । आज विहान प्रचण्ड निवास पुगेर शर्माले भेटका गरको हुन् । हिजो (आइतबार) साँझमात्र विभिन्न ८ दलबीच एकता घोषणा भएको छ ।
सो एकता घोषणालाई मुर्त रुप दिन यही कार्तिक १९ गते काठमाडौंमा बृहत एकता घोषणा हुँदैछ । त्यसअघि माओवादीले भोलि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । बैठकअघि जनार्दन प्रचण्डलाई भेट्न गएका थिए । सो भेटमा शर्माले आफू एकतापछिको पार्टीमा सहभागी नहुने स्पष्ट जवाफ दिएका हुन् ।
उनले आफूले वृहत वामपन्थी एकताको अभियान चलाउने जवाफ दिएको उनीनिकट उच्चस्रोतको दाबी छ । उनी तत्काल माओवादी पूनर्गठनको लागि लागिपर्ने बताईएको छ । त्यसको लागि उनले हिजो साँझदेखि नै आफू पक्षधर नेताहरुसँग छलफल थालेका छन् । आजको प्रचण्डसँगको उनको भेट लगभग बिदाई भेट नै भएको बताईन्छ ।

0 Comments