Hot Posts

टेलिकमले सुरु गर्‍यो डेटा प्याकेज सकिँदा ब्यालेन्स नकाटिने सुविधा, यसरी गर्नुहोस् प्रयोग

 

पाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स काटिने समस्याको समाधान निकालेको छ । यससँगै यूएसएसडी कोड डायल गरी ग्राहकले मेन ब्यालेन्स काटिने वा नकाटिने भन्ने विकल्प आफैँ रोज्न सक्ने भएका छन् । 

कम्पनीका अनुसार यसका लागि सुरुमा *444# डायल गर्नुपर्ने हुन्छ । त्यसपछि चौथो नम्बरमा Enable/Disable PAYG भन्ने विकल्प देखा पर्छ । त्यसलाई छान्नको लागि अङ्क 4 थिचेर Send गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि PAYG (पे एज यु गो) अर्थात् तपाईँ जति सेवा प्रयोग गर्नु हुन्छ, त्यसको शुल्क सोझै मेन ब्यालेन्सबाटै काटिने सुविधाका विभिन्न विकल्प देख्न सकिन्छ ।

जसको पहिलो नम्बरमा Disable (निष्क्रिय गर्ने), दोस्रोमा Enable (सक्रिय पार्ने) र तेस्रोमा Status (सक्रिय वा निष्क्रिय कुन अवस्थामा छ भन्ने कुरा यकिन गर्ने) विकल्पहरू क्रमशः राखिएका छन् । यदि तपाईँ डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्स नकाटियोस् भन्ने चाहनु हुन्छ भने अङ्क 1 थिचेर Send गर्न सक्नु हुन्छ । 

तर कहिले काहीँ मोबाइलमा डेटा प्याकेज नभएको तर मेन ब्यालेन्सबाटै केही समयका लागि डेटा चलाउनु पर्ने आवश्यकता पनि पर्न सक्छ । अथवा मोबाइल डेटा आवश्यक नपर्ने र कहिले काहीँ डिजिटल भुक्तानीका लागि डेटा प्याक बिनै थोरै समयका लागि मात्र डेटा चलाउनु पर्ने अवस्थामा यसलाई सक्रिय पार्न सकिन्छ । त्यसका लागि अङ्क 2 थिचेर Send गर्नुपर्ने हुन्छ ।

सारांशमा बुझ्न चाहनुहुन्छ भने:  एक नम्बर थिचेर डिजेबल गर्नु भनेको मेन ब्यालेन्स नकटिनका लागि एक्टिभ गरिएको हो भने दुई नम्बर थिचेर इनेबल गर्नु भनेको डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्सबाट फेरि डाटा चलोस् भनेर एक्टिभ गरिएको हो।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments