Hot Posts

ओखलढुङ्गामा प्रत्यक्षतर्फको हराएको मतपत्र भेटियो। अब के हुन्छ त ?

 ओखलढुङ्गामा प्रत्यक्षतर्फको हराएको मतपत्र भेटियो। अब के हुन्छ त ?


प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन् । 

सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिएका स्वीकारे । ‘प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिकतर्फका ढ्वाङ खोल्दा भेटिइरहेका छन्,’ सहायक निर्वाचन अधिकृत पाण्डेले रातोपाटीसँग भने । 

ओखलढुंगामा प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम भने घोषणा भइसकेको छ । नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । 

यस्तो अवस्थामा अब के हुन्छ भनेर हामीले सहायक निर्वाचन अधिकृत पाण्डे र कांग्रेस उम्मेदवार लुइँटेललाई सोध्यौँ ।  कांग्रेस उम्मेदवार लुइँटेलले रातोपाटीसँग भने, ‘हामीले मतगणना सुरु गर्नुपूर्व गरेको सर्वदलीय मुचुल्कामा प्रत्यक्षतर्फको मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएमा बदर गर्ने भनेर सहमति गरी हस्ताक्षर गरेका थियौँ । त्यसैले त्यो बदर भइसक्यो ।’

सहायक मतदान अधिकृत पाण्डेले पनि निर्वाचनसम्बन्धी निर्देशिका र सर्वदलीय बैठकको मुचुल्कमा प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपत्रको ढ्वाङमा भेटिएपछि बदर गर्ने उल्लेख गरेकाले बदर भएको जानकारी दिए । पाण्डेले सर्वदलीय सहमतिको निर्णयअनुरूप गणना र मतपरिणाम घोषणा भएको जिकिर गरे ।

मतपरिणाम घोषणाअघि नै मुचुल्का र गणनामा भेटिएको मतमा १८८ को फरक परेको भन्दै कांग्रेस उम्मेदवार लुइँटेलले प्रश्न उठाएका थिए । उनले मतपत्र हराएको र त्यो खोजीका निम्ति पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । 

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments