म २७ वर्षीय अविवाहित युवक हुँ । मेरो समस्या fast nightfall हो, अर्थात् २–३ मिनेटपछि नै fall हुन्छ । त्यसकारण यो छोटो समय कसरी रोक्ने र कसरी समय लम्ब्याउने ? मेरो लिंग पनि रातो भएर दुख्छ । पी.यौनसम्बन्धी कुरालाई हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्छौं, तर यो हामी निदाएको बेला पनि निरन्तर रूपमा चलिरहन्छ । निदाएका बेला पनि लिंग उत्तेजित हुन्छ वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । यस्तो प्राय:जसो पहिलो पटक किशोरावस्थामा हुन्छ र त्यसले व्यक्तिमा यौनको विकास राम्रौसँग भैरहेको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख समेत प्राप्त गर्छन् । यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ । निदाएका बेला हुने भएकाले यसलाई छोटयाउने वा लम्ब्याउने कुरा सचेत भएका बेलाजस्तो आफ्नो नियन्त्रणमा हुँदैन ।शीघ्र वीर्य स्खलनप्राय: सबैजसो पुरुषले आफ्नो जीवनको कुनै समयमा वीर्य स्खलन छिटो भएको अनुभव गरेका हुन्छन् । योनिमा घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको मान्न थालिएको छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता (performance anxiety) भए त्यसले समस्या थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोगले यस्तो समस्या सिर्जना भएको त होइन भनेर पनि केलाउन बिर्सनु हुँदैन ।शीघ्र वीर्य स्खलन हुँदा यौन सन्तुष्टि प्राप्त गर्न सकिँदैन । धेरैजसोले यौन सम्पर्क राखे पनि शीघ्र वीर्य स्खलन हुनुलाई पुरुषको यौन कार्य सक्षमताका रूपमा लिन्छन् र एक–अर्कालाई दोष दिँदा सम्बन्धमै चिसोपन सिर्जना हुनसक्छ । वीर्य स्खलनमा मात्र केन्द्रित गरेर यौनसम्पर्क नराखी पाक्क्रीडाजस्ता क्रियाकलाप पनि गरे यो समस्या सामान्य कम भएर जान्छ । दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ । हामीलाई थाहै छ, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर बाहिरतिर नै हुन्छ र यसको घर्षणका लागि योनिमा लिंग प्रवेशको आवश्यकता पर्दैन ।समाधानका लागिके गर्न सकिएला ?
डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो
१ यौनसम्पर्क रोक्ने र सुरु गर्ने
यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्गलाई योनीबाट बाहिर झिकेर केहीबेर यौन क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने । यसो गरेमा शीघ्र स्खलनको समस्यालाई कम गर्न केही सहज हुन्छ । अर्को कुरा, स्खलन होलाजस्तो भए पनि यौन सम्पर्कलाई रोकेर ध्यानलाई अर्कै कुरातर्फ लगाउन सकियो भने पनि मद्दत पुग्छ ।
२ आसन परिवर्तन गर्ने
धेरैजसो नेपाली जोडीमा लोग्ने मान्छे माथितिर र महिला तलतिर रहेर यौन सम्पर्क गर्ने चलन छ । यसो गर्दा विशेषतः पुरुषहरू मात्र सक्रिय हुन्छन् र यौन सम्पर्कलाई निरन्तरता दिँदै गर्दा पुरुषलाई वीर्य स्लखन नियन्त्रण गर्न गाह्रो हुन सक्छ । त्यसको सट्टा महिला माथितिर राखेर सक्रिय गराई यौन सम्पर्क गरेमा पनि शीघ्र स्खलनलाई कम गर्न सकिन्छ । यौन सम्पर्क गर्दा धक्काको प्रकार तथा गतिलाई एउटा लय दिएमा वीर्य स्खलन पनि ढिलो हुन पुग्छ । यदि, यौनसाथीलाई गति वा प्रकारमा परिवर्तन गर्नुपरे वा रोक्नुपरे संकेत गरेर वा स्पष्ट भन्नुपर्ने हुन्छ ।
३ लिङ् अँठ्याउने
यौन सम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनीबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ््याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने ।
४ वीर्य नलीलाई थिच्ने
वीर्य निस्केला जस्तो भएपछि अन्डकोष तथा मलद्वारबीचको नरम भागमा यस्तै तीन–चार सेकेन्ड थिचेमा वीर्य स्खलनलाई रोक्न सकिन्छ । यो कार्य आफैँले वा यौनसाथीले गरिदिए पनि हुन्छ ।
५ मांशपेशीको प्रयोग गर्ने
हामीले पिसाब गर्दा रोक्दै गर्दै गरिरहेका हुन्छौँ । पिसाव र रोक्न प्रयोग हुुने मांशपेशीलाई अंग्रेजीमा ‘प्युवोकक्सिजियस मसल’ भनिन्छ । यही मांशपेशीको कसरत गरेर जसरी पिसाब रोक्छौँ त्यसैगरी वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सकेमा पनि फाइदा पुग्छ ।
६ कन्डमको प्रयोग गर्ने
त्यस्तैगरी कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पु¥याउँछ ।
७ औषधिको प्रयोग
अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा ‘स्प्रे’हरू पनि बजारमा उपलब्ध छन् । ‘बेन्जोकाइन’ तथा ‘लिडोकाइन’ जस्ता औषधि भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।
८ वीर्य स्खलन नियन्त्रणको अभ्यास
दीर्घकालीन उपचारका लागि हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहो¥याउने । वीर्य स्खलनलाई राम्ररी नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौनसाथीसँग यौन सम्पर्क रहित यौन क्रियाकलापमा संलग्न हुने अर्थात् हस्तमैथुन वा पाक्कक्रीडा जस्तै क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

0 Comments