Hot Posts

अम्बिरबाबु गुरुङले एमाले त्यागे, नेकपाबाट बने ओखलढुङ्गाको उम्मेदवार

 अम्बिरबाबु गुरुङले एमाले त्यागे, नेकपाबाट बने ओखलढुङ्गाको उम्मेदवार 


६ माघ, ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भएका छन् ।

एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्ट थिए ।

लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले टिकट दिएको हो ।

यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो ।

केपी शर्मा ओलीले ईश्वर पोखरेल समूहका व्यक्तिहरूलाई टिकट बाट वञ्चित गराएपछि पार्टी छाड्नेहरू बढे अमिर बाबु पनि ईश्वर पोखरेल पक्षबाट एमालेको अधिवेशनमा भाग लिएका थिए

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments