Hot Posts

गठबन्धनमा नयाँ ‘ट्वीस्ट’- मिलेर सरकार बनाउनेगरी एमाले-कांग्रेसबीच संवाद

 

ठबन्धनमा नयाँ ‘ट्वीस्ट’- मिलेर सरकार बनाउनेगरी एमाले-कांग्रेसबीच संवाद

काठमाडौं । सत्ता गठबन्धन कसले बनाउने भन्ने होडबाजीका बीच नयाँ ‘ट्वीस्ट’ आएको छ ।

दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर गठबन्धन बनाउने र त्यसले सरकार गठन गर्नेगरी संवाद भएको छ ।

बुधबार बिहान मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलबीच मिलेर सरकार बनाउनेगरी सघन संवाद भएको छ ।

उनीहरूबीच मिलेर जाने विषयमा विभिन्न मोडलहरूमा छलफल भएको उच्च स्रोतले बताएको छ । “मिलेर जाने भन्ने विषयका विभिन्न मोडलहरूमा छलफल भएको छ,” उच्च स्रोतले भन्यो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटाएर एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनाएर ४ सदस्यीय मन्त्रिमण्डलसमेत गठन गरिसकेको अवस्थामा नयाँ ‘ट्वीस्ट’ आएको हो ।

प्रचण्डबाट पटकपटक राजनीतिक बेइमानी हुँदै आएको निष्कर्ष निकालेका देउवाले एमालेलाई मिलेर जान प्रस्ताव गरेका हुन् ।

देउवाले आजै मधेसवादी दलहरू र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग पनि संवाद गर्ने बताइएको छ । प्रचण्डसँग बदला लिन अघि बढेका देउवा वैकल्पिक गठबन्धन बनाएर सरकार गठन गर्न चाहन्छन् ।

उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिसकेका छन् । यसअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीको ‘अफर’ गरेको चर्चा थियो ।



Post a Comment

0 Comments