लोकसेवा आयोग तयारी निःशुल्क अनलाइन कक्षामा, यसरी दिनुहोस् आवेदन
काठमाडौं। राष्ट्रिय युवा परिषद्ले शाखा अधिकृतको प्रथम पत्र र नायब सुब्बाको पूर्ण तयारी कक्षाका लागि निःशुल्क आवेदन खुलाएको छ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।
इच्छुक प्रशिक्षार्थी उम्मेदवारले यहाँ क्लिक गरेर अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । फारम भर्दा ५०० रुपैयाँ दस्तुर इसेवामार्फत भुक्तानी गरी सोको प्रमाण समेत आवेदनमा समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ । १६ पुष २०८२ भित्र फारम भरिसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।
डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो ।
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले विशेष प्राथमिकता प्राप्त युवाहरूका लागि निःशुल्क अनलाइन लोकसेवा तयारी कक्षाको आवेदन खुलाएको छ। यो कक्षा शाखा अधिकृत (प्रथम पत्र) र नायब सुब्बा पदको तयारीका लागि सञ्चालन हुन लागेको हो।
आवेदन दिने तरिका
इच्छुक आवेदकले तलका चरणहरू पूरा गरी अनलाइनमार्फत निःशुल्क आवेदन दिन सक्नुहुन्छ:
* आवेदन पोर्टल खोल्नुहोस्: सर्वप्रथम नेपाल सरकारको श्रम संसार पोर्टल मा जानुहोस्। hear cleck
* व्यक्तिगत विवरण भर्नुहोस्: फारमको पहिलो चरणमा आफ्नो पूरा नाम, थर, मोबाइल नम्बर, इमेल ठेगाना र उमेर उल्लेख गर्नुहोस्।
* ठेगाना विवरण भर्नुहोस्: आफ्नो स्थायी ठेगाना र हाल बसोबास गरिरहेको प्रदेश तथा जिल्ला छनोट गर्नुहोस्।
* वर्ग र पद छनोट गर्नुहोस्: आफू कुन विशेष प्राथमिकता प्राप्त वर्ग अन्तर्गत पर्नुहुन्छ र कुन पद (शाखा अधिकृत वा नायब सुब्बा) को तयारी गर्न चाहनुहुन्छ, सो छनोट गर्नुहोस्।
* कागजात अपलोड गर्नुहोस्: आफ्नो हालसालै खिचेको फोटो तथा आवश्यक प्रमाणपत्रहरू (नागरिकता, शैक्षिक योग्यता र लक्षित वर्ग खुल्ने कागजात) अपलोड गरी फारम सबमिट गर्नुहोस्।
मुख्य जानकारीहरू
* आवेदन दिने अन्तिम मिति: २०८३ मङ्सिर १८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।
* कक्षा सञ्चालन माध्यम: छनोट भएका परीक्षार्थीहरूलाई अनलाइन (भर्चुअल) माध्यमबाट कक्षा सञ्चालन गरिनेछ।
* सम्पर्क: थप जानकारी आवश्यक परेमा राष्ट्रिय युवा परिषद्को फोन नम्बर ०१-६६३५१३३ मा सम्पर्क गर्न सकिन्छ।
(नोट: यदि तपाईंले यसअघि नै परिषद्को गुगल फाराममार्फत आवेदन दिइसक्नुभएको छ भने पुनः आवेदन दिनु पर्दैन।)
नेपाल सरकारले युवाहरूलाई वैदेशिक रोजगारी मा जान र स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ, नेपालमा नै रोजगारी र राष्ट्रसेवा गरौं भन्ने नाराको साथ तपाईँ शाखा अधिकृत वा नायब सुब्बा बनेर सरकारी सेवामा प्रवेश गर्ने सपना छ भने अब त्यो सपना पूरा गर्ने समय आएको छ।



0 Comments