सरकारले कर तिर्ने नेपालीलाई लखपति बनाउने कार्यक्रम करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहारको विजेता घोषणा गरेको छ । १ देखि १५ साउनमा सामान गरिद गरेका उपभोक्ता मध्ये लक्की ड्रबाट १५ जनाले १ लाखका दरले र एक जनाले १० लाख रुपैयाँ बम्पर उपहार पाएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँ बम्पर उपहार जितेका छन् । बम्पर उपहारको विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ । विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा गएर दाबी गर्न सक्नेछन् ।
आन्तरिक राजस्व विभागले उपभोक्ताहरूमा बिल माग्ने बानी बसाल्न र कर प्रणालीमा पारदर्शिता ल्याउन करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।
बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन् । तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ । नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ ।
यस्तो छ दैनिक १ लाख स्पैयाँ जित्ने १५ जनाको विजेता कुपन नम्बर:
००७ ७५५ ५९० ६७०
००२ ९२८ ८१७ ८११
००३ ०६६ ७७९ ५८९
०१५ ६११ ०५९ ०७५
००९ ९१७ ८३३ २४५
००८ ७८२ ४८६ ३३५
०१२ २५९ ०८६ ५९९
००४ ७८० ९४० ८८४
०१३ ०३५ २३० २९७
०१४ ९७३ ९३० ७३३
०१० ८३७ १८० ३३२
००१ ८०८ ९६५ ९८६
००६ ८४१ ५५३ ५३७
००५ ५८८ ५०६ ०८५
०११ ३८० ९१४ ५८०

0 Comments