Header Ads Widget

बाँदरको आतङ्कबाट बालीनाली जोगाउने कृषि वैज्ञानिकको अचुक घरेलु उपाय

 

बालीनालीमा बाँदरले मच्चाउने उपद्रोबाट आजित किसानहरूका लागि कृषि वैज्ञानिक खड्क भक्त पौडेलले एक प्रभावकारी घरेलु समाधान सुझाउनुभएको छ। उहाँका अनुसार, किसानहरूले सजिलै उपलब्ध हुने सामग्रीहरूको प्रयोग गरेर बाँदरलाई आफ्नो खेतबारीबाट धपाउन सक्छन्।
वैज्ञानिक पौडेलले सिफारिस गर्नुभएको विधिअनुसार ५० लिटर गाईको गहुँत (गौमूत्र), ५० लिटर पानीमा ३ केजी तोरीको पिना, २५० ग्राम देखि ५०० ग्राम सिद्राको धुलो र आधा केजी थिचेर वा पिसेर तयार पारेको अकबरे खुर्सानी मिसाउनुपर्छ। यी सामग्रीहरू मिसाइसकेपछि लट्ठीको सहायताले राम्ररी घोल्नुपर्ने उहाँको सुझाव छ।
इन्द्रावती गाउँपालिकाको वडा नम्बर ५ मा किसानहरूलाई तालिम दिने क्रममा वैज्ञानिक पौडेलले यो विधिको प्रयोग गर्नुभएको थियो। उहाँको अनुभवमा, यस मिश्रणको प्रयोगपछि बाँदरहरू खेतबारी छोडेर अन्यत्रै भाग्ने गरेका छन्। यो विधि मकै, आलु, लिची र आँप लगायतका जुनसुकै बालीनालीमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो।
बाँदरले बालीनालीमा क्षति पुर्याउने मात्र नभई कतिपय अवस्थामा मानिसहरूलाई गाउँ नै छोड्न बाध्य पार्ने जस्ता विकराल समस्याहरू देखिएका थिए, तर यो मिश्रणले किसानहरूलाई ठूलो राहत दिएको छ। बाँदरले यसको गन्ध वा स्वाद मन नपराउने भएकाले उनीहरू यो मिश्रण प्रयोग गरिएको क्षेत्रको वरपर आउन रुचाउँदैनन्।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो



Post a Comment

0 Comments