सरकारले सुकुम्बासीहरुलाई पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सरकारले दिने भनेको सेवा सुविधा लिएर पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो ।
यसो त सरकारले सुकुम्बासीहरुलाई प्रति परिवार सुरुमा एकमुष्ट २५ हजारका दरले पैसा दिने निर्णय गरिसकेको छ ।
त्यसपछि भने मासिक प्रति परिवार १५ हजारका दरले व्यवस्थापन खर्च दिने सरकारले निर्णय गरेको छ । त्यसका लागि बैंकमा खाता खोल्न बैंकका कर्मचारीहरु होल्डिङ सेन्टरमै गएका थिए ।
तर, सुकुम्बासीहरुले खाता खोल्न अस्वीकार गरेका थिए । अब भने सुकुम्बासीहरुलाई बैंकमा खाता खोलेर सरकारले दिने भनेको पैसा लिएर होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको छ । उक्त सूचना सबै होल्डिङ सेन्टरहरुमा टाँसिएको छ ।

0 Comments