ष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ ।
विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए । ‘पत्रकार सम्मेलन ८ बजे गर्ने । नतिजा हेर्न ९ बजे मिल्छ’, उनले भने ।
परीक्षा बोर्डले बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भने गरिसकेको छ ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।
यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।
नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो।
कसरी हेर्ने नतिजा ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी ?
–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: https://see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: https://results.ekantipur.com/
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

0 Comments