Hot Posts

कलाकार सागर लम्साल ‘बले’माथि ज.ब.क. चलाइएन ?

 

कलाकार सागर लम्साल ‘बले’माथि ब*ला*त्का!रको मुद्दा चलाइएको छैन । अमेरिकामा बस्ने एक नेपाली युवतीले उनीमाथि बलात्कारको आरोप लगाएपछि उनलाई पक्राउ गरिएको भए पनि उनलाई बलात्कारको मुद्दा नचलाइएको हो । औपचारिक जाहेरीबिना उनलाई पक्राउ गरिएको हुनाले पनि उनीमाथि मुद्दा चलाउन प्रहरीलाई अप्ठेरो परेको हुन सक्ने स्रोत बताउँछ ।

अहिले उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ । उनलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसूरमा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ । रितपूर्वक जाहेरी नपरेको अवस्थामा उनलाई हिरासतमा राख्नकै लागि यो कसूर आकर्षित गर्न खोजिएको प्रहरी स्रोत बताउँछ । म्याद थप गरेर हिरासतमा राखेपछि त्यो म्यादभित्र थप कुरा खुल्ने वा औपचारिक जाहेरी आउने र अर्को मुद्दा चलाउन सहज हुने प्रहरीको अपेक्षा छ ।

कानुनअनुसार बलात्कारको कसूरमा जहाँ घटना भएको हो त्यहाँको प्रहरीले अनुसान्धान गरेर त्यहीँको जिल्ला अदालतमा मुद्दा चलाइन्छ । यो घटनामा भने आरोप लगाउने युवतीले घटना अमेरिकामा भएको भनेकी छिन् । कानुनअनुसार पीडित र कसूरदार नेपाली नागरिक भए र घटना देशबाहिर भएको भए नेपालको जुनसुकै स्थानमा मुद्दा चलाउन सकिन्छ ।

पीडितले जाहेरी दिएमा बलेविरुद्ध काठमाडौंमै मुद्दा चल्न सक्छ । तर, जाहेरी नआएको र उनलाई हिरासतमा राख्नैपर्ने भएकोले प्रहरीले अर्कै मुद्दा चलाउन लागेको हो । प्रहरीले औपचारिक जाहेरीबिना सामाजिक संजालमा आएका कुराको आधारमा मात्र उनलाई पक्राउ गरेको खुलेको छ । जाहेरी आएपछि अरू अभियोग थप्ने प्रहरीको तयारी छ ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments