आफ्नो क्षेत्रका उम्मेदवार को हुन् ? अनलाइनबाटै यसरी हेर्नुहोस्
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको नामावली र उनीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ । आयोगले प्रविधिमैत्री माध्यमबाट देशभरका १६५ ओटै निर्वाचन क्षेत्रका उम्मेदवारबारे जानकारी लिन सकिने व्यवस्था मिलाएको हो ।
सातै प्रदेशका ७७ ओटा जिल्लामा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारको पूर्ण विवरण अब सर्वसाधारणले घरमै बसेर हेर्न सक्नेछन् । आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध सूचीमा उम्मेदवारको नाम, सम्बन्धित निर्वाचन क्षेत्र, आबद्ध राजनीतिक दल वा स्वतन्त्र हैसियत र उम्मेदवारको चुनाव चिन्ह समावेश गरिएको छ ।
आयोगले उपलब्ध गराएको लिङ्कका लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारको सूची देखिनेछ ।
उक्त सूचीमा रहेका कुनै पनि उम्मेदवारको नाममा ‘ट्याप’ गरेपछि उनीहरूको व्यक्तिगत र राजनीतिक पृष्ठभूमि खुल्नेछ ।
त्यसमा कुन वडा कुन क्षेत्र नम्बरमा पर्छ भन्ने विवरण देखिन्छ । त्यसबाहेक लैङ्गिक रूपमा वर्गीकरण गरेको मतदाताको सङ्ख्या, जिल्ला निर्वाचन अधिकारी, नायब सुब्बा र कम्प्युटर अपरेटरको नाम, फोटो लगायतका विवरण देखिन्छन् ।


0 Comments