बालेनका सल्लाहकारमाथि गम्भीर प्रश्न, मोबाइलको लोकेसनले देखायो यस्तो तथ्य!
बिचौलिया इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनको नियन्त्रणमा रहेका बेला मोबाइल डाटा प्रयोग गरी अनुसन्धानसम्बन्धी महत्वपूर्ण सामग्रीमा अनधिकृत पहुँच पुर्याइएको प्रमाण फेला परेको छ ।
उक्त मोबाइलको फोरेन्सिक जाँचबाट निकालिएको नेटवर्क लग र लोकेसन हिस्ट्रीले अक्टोबर १ देखि २ सम्म सिंहदरबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,ज्वागलस्थित कुमार बेनको घर,भद्रकालीस्थित जिल्ला प्रहरी परिसर र एनएआरसी कार्यालय लगायतका स्थानमा मोबाइल सक्रिय रहेको देखाएको छ ।
लोकेसन हिस्ट्रीअनुसार ०२ अक्टोबर दिउँसो करिब १२:३० बजे मोबाइल ‘हाउस अफ थकाली’ नामक वाईफाई नेटवर्कमा कनेक्ट भएको थियो । त्यसपछि लगातार आईफोन नेटवर्क डाटा युजेज लगमा विच्याट,जीमेल, व्हाट्सएप,एप्पल क्लाउड,मिडिया र सिक्युरिटी एपमार्फत ठूलो मात्रामा डाटा आदानप्रदान भएको रेकर्ड छ ।
साथै सुप्रिमकोर्ट.जिओभ.एनपीको कुकीजमा पनि पहुँच पुगेको देखिन्छ । यी गतिविधि कुमार बेनको नियन्त्रणमा मोबाइल रहेका बेला भएको भनी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
०१ अक्टोबरको दिउँसो ४:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन परिसरमा मोबाइल पुगेको,५:२५ बजे ज्वागलस्थित कुमार बेनको घरमा पुगेको र ६:४३ बजे घरबाट बाहिर निस्केर ६:५८ बजे फेरि सिंहदरबार फर्किएको रेकर्ड छ । साँझ ८:४५ बजे सिंहदरबारबाट बाहिर निस्केर ८:५० बजे फेरि ज्वागलको घरमा पुगेको देखिएको छ ।
०२ अक्टोबरमा पनि यस्तै क्रम दोहोरिएको छ । दिउँसो १२:०९ बजे ज्वागलको घरबाट निस्केर १२:२५ बजे सिंहदरबार पुगेको,साँझ ५:२८ बजे सिंहदरबारबाट बाहिर निस्केर ५:४१ बजे ज्वागल फर्किएको छ ।राति ९:२५ बजे घरबाट बाहिर निस्केर ९:३६ बजे दरबारमार्ग क्षेत्रमा पुगेको र १०:२९ बजे भद्रकाली जिल्ला प्रहरी परिसरमा लगिएको लोकेसन रेकर्ड छ । ०३ अक्टोबर दिउँसो १२:३० बजे प्रहरी कार्यालयबाट निकाली एनएआरसी अफिसमा पुर्याइएको देखिएको छ ।
प्रतिवेदनमा यी गतिविधि इनम सापकोटाको मोबाइल कुमार बेनको नियन्त्रणमा रहेका बेला भएको स्पष्ट उल्लेख गरिएको छ ।
यस्तो छ कुमार बेनको मोबाइल लोकेसन र डाटा प्रयोगको प्रमाण:
source : Janaaastha


0 Comments