Header Ads Widget

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

 


राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत १४-२७ वैशाखसम्म सञ्चालन भएको परीक्षाको नतिजा ३९ दिनमा प्रकाशित भएको हो ।

परीक्षामा कुल चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थीले परीक्षा दिएका थिए ।

यसअन्तर्गत नियमिततर्फ ६९.७५ प्रतिशत अर्थात् दुई लाख ३१ हजार ७७० जना र आंशिकतर्फ ४२.३८ प्रतिशत अर्थात् ३६ हजार ४२० जना गरी कुल ६४.१३ प्रतिशत (दुई लाख ६८ हजार १९० जना) परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन् ।

नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रति विषय एक हजार रुपैयाँ दस्तुर तिरेर १२ असारसम्म पुनर्याेग (रिटोटलिङ) का लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । साथै, बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा अनुपस्थित रहेका परीक्षार्थीले मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

कसरी हेर्ने नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डले वेबसाइट, एसएमएस र आईभीआर सेवामार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाएको छ ।

१. वेबसाइटमार्फत: 

निम्न वेबसाइटहरूमा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिन्छ:

२. एसएमएसमार्फत: 

मोबाइलको मेसेज बक्समा गई NEB टाइप गरेर एक स्पेस छाडेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । (उदाहरणका लागि: NEB 12345678 टाइप गरी 1600 मा पठाउने)

३. आईभीआर सेवा: 

नेपाल टेलिकमको ल्याण्डलाइन वा मोबाइल फोनबाट १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा सुन्न सकिन्छ ।

४. यूएसएसडी सेवा: 

आफ्नो मोबाइलबाट *१६०१# डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

साथै, नतिजा प्रकाशन भएको १५ दिनपछि मात्र विद्यार्थीहरूले आफ्नो विद्यालयबाट ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन पाउने बोर्डले जनाएको छ । त्यसका लागि कक्षा ११ र १२ दुवैमा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो


Post a Comment

0 Comments