मानिसहरू यसको बारेमा थाहा पाउन आतुर हुने गर्दछन् । तर यस्ता विषयलाई अपराध झैँ गर्ने समाज भएको हाम्रो जस्तो देशमा थाहा भएकाहरूले समेत धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् ।
जसले अर्को समस्या समेत निम्ताउन सक्छ । यहाँ हामी पहिलो पटकको यौन सम्पर्कका बारेमा मानिसहरूमा उत्पन्न हुने धेरै प्रकारको कौतुहल र जिज्ञासाका उत्तर दिने प्रयासमा छौँ ।
– पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यति बेला एक अर्काको शारीरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।
– यदि तपाईँ पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दै हुनुहुन्छ भने यो तपाईँको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो झुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।
– महिलाहरू माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईँ पहल गर्नुहोस् र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।
– महिलाहरूले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा गर्नुपर्दैन । यो तपाईँको पहिलो पटकको सेक्स भएका कारण तपाईँको पार्टनरले तपाईंलाई बुझ्नुहुनेछ ।
– यदि तपाईँ आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँ गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् तपाईँको पहिलो सेक्स अनुभव राम्रो नभए पनि यसमा डराउनु र आत्तिनुपर्ने छैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।
– धेरैजसो मानिसहरू पहिलो पटकको सेक्स गर्नु पूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन । पहिलो पटकको लभ पेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईँ के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ ।
– विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरूमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो ।
– पहिलो पटकको सेक्स पीडादायक हुन्छ: पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरूको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोर प्ले गरियो र तपाईँ यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ ।
स्तनको मुन्टो संवेदनशील र नरम हुन्छ । स्तन बिस्तारै खेलाउँदा आनन्द आउँछ । स्तनको मुन्टो (निप्पल) बेस्सरी समात्दा रमाइलो हैन, पीडा हुन्छ र घाउसमेत हुनसक्छ । महिलाको योनि झिल्ली नफुटेको र पुरुषको लिंगको छाला सुर्किएको छैन भने त्यस्ता यौन जोडीलाई नेपाली चलनचल्तीअनुसार कुमारी तथा कुमार भएको मानिन्छ । झिल्ली च्यातिएको या लिङ्गको छाला तल सरेको छ भन्दैमा उसले पहिल्यै सेक्स गरिसकेको छ भन्ने हुँदैन । यो कुमार या कुमारित्व परीक्षणको वैज्ञानिक माध्यम पनि हैन ।
युवतीले साइकल तथा मोटरसाइकल चढ्ने, उफ्रिने, घोडा चढ्ने, रुख चढ्ने लगायतका गतिविधिले यौन सम्पर्क गर्नुपूर्व नै योनि झिल्ली फुटिसकेको हुनसक्छ । पुरुषले हस्त मैथुन गर्दा वा त्यत्तिकै चलाउँदा पनि लिंगको छाला सुर्किएको हुनसक्छ । च्यात्तिएको छैन भने पहिलो दिनको यौन सम्पर्कमा योनीभित्र लिंग पस्नलाई योनि झिल्ली फुट्नु पर्छ । योनी झिल्ली फ्टदा महिलालाई अत्यधिक दुख्छ । यसक्रममा महिलालाई अत्यधिक रक्तश्राव हुने सम्भावना पनि हुन्छ । पुरुषको लिंगको भित्री छाला सुर्किएर लिंगको डाँठतिर सर्दा पुरुषलाई पनि असाध्य दुख्छ ।
अपनाउनु पर्ने सावधानी
पहिलो पटक यौन सम्पर्क गर्दा यौन शिक्षाको अभाव तथा यौन प्रक्रिया नपुगेका कारणले यौन जोडीमा तनाव उत्पन्न हुनसक्छ । महिलाले मनको कुरा व्यक्त गर्न चाहँदैनन् । त्यसैले यौन सम्पर्कमा सरिक हुनुअगाडि यौन शिक्षा, यौन र यौन क्रिडाका बारेमा ज्ञान लिनु आवश्यक हुन्छ ।
यौन सम्पर्क गर्नुभन्दा पहिले यौन सम्पर्क गर्ने उचित स्थान र समय निर्धारण गर्नु पर्छ । एकान्त, शान्त तथा सुरक्षित ठाउँ रोज्नु सबैभन्दा उत्तम हुन्छ ।
अत्यधिक उज्यालो भएको ठाउँमा पनि टाउको दुख्ने, आँखा बिझाउने, असुरक्षित महसुस हुने लगायतका समस्या देखिनसक्छ । केही नदेखिने किसिमको अँध्यारो ठाउँमा पनि यौन सम्पर्क नगर्दा राम्रो हुन्छ । अँध्यारो ठाउँमा पहिलो पटक यौन सम्पर्क गर्दा अनुभवको अभावमा उत्पन्न हुने जोखिम र अनुहार हेराहेर गरेर हुने भावना साटासाट गर्ने अवसर गुम्छ ।
यौन सम्पर्क गर्दा टाइट कपडा नलाउँदा राम्रो हुन्छ र सामान्यतः नांगै भएको राम्रो । यौन जोडीबीच यौनाङ्ग देखिँदा एक आपसमा उत्तेजना उत्पन्न हुन्छ, जस कारण यौनानन्द बढ्छ ।
एकले अर्कोको कपडा खोलिदिँदा राम्रो हुन्छ । एकले अर्कोको कपडा खोल्दा नजिकपना ल्याउँछ । कपडा खोल्दा जिस्किँदै खोल्नुपर्छ ।
कसैकसैमा आत्मबल बढाउने भनेर मदिरा या लट्ठ पार्ने सामग्री प्रयोग गर्ने गर्छन् । यो हानिकारक हुन्छ । सहमतिमा मात्र सम्बन्ध राख्नुपर्छ । यौन जोडीको उमेर पनि उत्तिकै महङ्खवपूर्ण हुन्छ । कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिन्छ । पहिलो पटक यौन सम्पर्क गर्दा अस्थायी साधनको प्रयोग गर्नुपर्छ ।
सम्बन्ध भएपछि के गर्ने ?
पहिलो पटक यौन सम्पर्क गरिसकेपछि अनुहार रातो–पीरो हुन्छ । लिपिस्टकका डाम चुम्बनका ¥याल अनुहारमा हुन सक्छ । योनिमा झरेको वीर्य चिप्लो र टाँसिने प्रकृतिको हुनाले महिलाको दुवैतर्फको तिघ्रामा बग्न थाल्छ । योनिबाट वीर्य बाहिर निस्कन्छ । त्यसैले यौन सम्पर्क गरिसकेपछि यौनाङ्ग सफा गर्नुपर्छ । मुख धुनु पर्छ नभए राम्रोसँग पुछ्नु पर्छ ।
पहिलो पटक यौन सम्पर्क गर्दा योनिको डल्लो फुल्ने, सुन्निने, रातो हुनुका साथै दुख्ने भएकाले संक्रमणसमेत हुन सक्छ । त्यस्तो समस्या भएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । पुरुषको पनि लिंगको छाला सुर्किएर दुख्ने तथा सुन्निन सक्छ यस्तो समस्या भएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।

0 Comments