अवसरवादी रविन्द्र मिश्र मतगणना स्थलबाटै मैदान छोडेर भागे, यस्तो छ कारण
राजनीतिमा अलिअलि लाज, घीन, नैतिकता भन्ने पनि हुन्छ । तर नेता बन्न पार्टी खोज्ने, ह्वीम छ भनेर विवेकशीलसँग टाँसिन जाने, अनि फेरी आफैं पार्टी फुटाउने, पछि पार्टी नै छोडेर अर्को पार्टीमा जाने । नेताको यो क्यारेक्टरधारी रविन्द्र मिश्रलाई एक पटक होइन, दुई पटक होइन, तीन पटकसम्म जनताले बहिष्कार गरे ।
सांसद बन्ने भाग्य रहेनछ भन्ने बुझेपछि यीनले दलीय राजनीतिबाट बिदा लिन्छु भनेछन् । ठिकै हो, जनताबाट बहिष्कारमा परेका यस्ता नेताले राजनीति छोडेकै राम्रो, तर खुब नैतिकता छ भनेजसरी विज्ञप्ति जारी गर्नु भने पानीमाथिको ओभानो हुनुजस्तै हो ।
अझ विज्ञप्तिमा उनले गत ९ वर्षको अभूतपूर्व रूपमा उतार-चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको भनेछन् । जनतालाई यतिसम्म बेवकुफ सम्झेर यस्तो राजनीतिक मजाक नबोलेको भए हुन्थ्यो । किनकि हिजो मिश्रकै बुद्धि बिग्रिँदा वैकल्पिक राजनीति झन्डै सिद्धिएको थियो ।
धन्न विवेकशीलवालाहरुले बुद्धि लगाए र आज रञ्जु दर्शनाहरुको जित सम्भव भयो । तर, केपी ओली भन्दा पनि अहंकारी यी नेताले आफूबाट गल्ती भएको स्वीकारेनन् । ओली र यीनी मिश्रमा केही फरक छैन । फरक यति हो, ओली ठाडो बोल्छन्, यिनी आइबक्स्योस र खाईबक्स्योस संस्कृतिबाट हुर्केकाले अलि मिठो बोल्छन ।
अझ विवेकशील साझालाई झन्डै सक्काए हलो पार्टीका नेताका पुच्छर समाउने यिनले रास्वपालाई शुभकामना दिँदै भनेछन्- ‘प्रचण्डपथ’मा पट्टी लगाएको घोडा सरह एकोहोरिएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस्, त्यत्ति कामना गर्दछु । रे !! कठै, यो सुनेर स्वर्गीय उज्ज्वल दाइको आत्माले यी मिश्रलाई कति सरापीरहेको होला ।
खैर, यस्ता नेता राजनीतिमै नआइदिएको भन्थ्यो, आए, तीन पटक हारे, गए राम्रै भयो । देश अव रास्वपाको हातमा छ, समृद्धिको कामना । नेताचाहिँ हुनु, रविन्द्र मिश्रजस्तोचाहिँ नहुनु, शुभकामना ।

0 Comments