Hot Posts

साप्ताहिक राशिफल माघ ४ देखि १० गते २०८२ weekly Horoscop

साप्ताहिक राशिफल माघ ४ देखि १० गते २०८२ weekly Horoscop


 उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) नेपाली पात्रो राशिफल

मेष - Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सुरुमा देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ । इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउला। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ। आफ्नो केही लाभांश अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

वृष - Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य कमजोर रहनाले प्रारम्भ संघर्षपूर्ण रहनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले भने साथ दिनेछन्। सोमबारदेखि समस्या सुल्झाउन सफल भइनेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। प्रयत्न गर्दा नयाँ काम गर्ने अवसर जुट्न सक्छ। सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। बुधवारदेखि नयाँ जिम्मेवारी हातपार्न सकिनेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिन सक्छ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। सप्ताहन्तमा आम्दानी बढ्नेछ।

मिथुन - Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। विशेष उपहार आउला। तर साेमवार र मंगलवार केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बुधवारदेखि स्थिति अनुकूल बन्नाले उत्साह जाग्नेछ। अध्ययनमा समय दिन नसकिए पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। काममा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। सप्ताहान्तमा भने केही विवादास्पद काम गर्नुपर्ला। काम बने पनि आम्दानी राेकिनेछ, अरूले फाइदा उठाउन सक्छन्।

कर्कट - Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बुधवारदेखि काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। घरेलु समस्याले पनि पिरोल्न सक्छ। परिस्थितिवश स्वतन्त्रतामा बाधा पुग्न सक्छ। आफ्नो सामान्य आम्दानी मात्र भए पनि लगनशीलाताले लक्ष्यमा पुर्याउनेछ।

सिंह - Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। प्रतिस्पर्धीहरूले विभिन्न अवरोध सिर्जना गर्नेछन्। तापनि आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। भौतिक साधन जुट्नाले रोकिएको काम सम्पादन हुनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने समय छ। शुभचिन्तकहरूको साथ जुट्नाले भविष्यका लागि कर्मसञ्चय गर्न सकिनेछ। साताको अन्त्यमा मौसमी गडबडीले स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्याराे समयमा खर्च धेरै हुनेछ।

कन्या - Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुहोला। परिस्थितिवश अध्ययनमा समय दिन नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। मिहिनेतले राम्रै लाभ दिलाउनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। सप्ताहान्तमा व्यापार बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ।

तुला - Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भ उत्साहवर्द्धक देखिए पनि यो सातामा केही उतारचढाव समेत आउनेछन्। पारिवारिक असमझदारीले केही समस्या निम्त्याउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्न सक्छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा कामको बोझ थपिनेछ। तापनि सप्ताहान्तमा लक्ष्य प्राप्त हुनेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। कामको सफलताले हौसला जगाउनेछ। प्रतिस्पर्धीहरूले समय–समयमा अनावश्यक दुःख दिन सक्छन्।

वृश्चिक - Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

धेरै बोल्ने बानीले व्यर्थैमा वादविवाद निम्त्याउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। सुरुमा आलोचकहरूले बाधा पुर्याए पनि साेमवार र मंगलवार विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। काममा सहयोगीले साथ दिनेछन्। पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजनाहरू भने गोप्य राख्नुहोला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा पटकपटक धोका पाइनेछ।

धनु - Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तर भेटघाटमा अलमलिनाले लक्ष्यमा पुग्न बाधा पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। बोली तथा हिसाबकिताबमा सावधान नहुँदा साताभरि विवादमा परिएला। परिस्थिति प्रतिकूल देखिएकाले गोपनीयतामा सजग रहनुहोला। अरूको बहकाउमा पर्दा काम बिग्रनेछ। साताभरिमा बुधवार र बिहीवार परिस्थिति अनुकूल रहनेछ। रोकिएका काम बन्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

मकर - Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा केही खर्चिलाे र कष्टकर बन्न सक्छ। साेमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। बुधवारदेखि हुलमुलमा हुने वादविवादबाट जोगिने प्रयास गर्नुहोला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। तापनि रचनात्मक कामले सप्ताहान्त फलदायी बन्नेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

कुम्भ - Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

सुरुमा मनग्य धन लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा भने लगानी बढाउनुपर्ने समय छ। केही फजुल खर्च पनि हुनेछ। सोम र मंगलवार अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ, सजग रहनुहोला। धन बाहिरिनाले अभाव अनुभूति हुनेछ। विदेश ताक्नेहरूलाई यात्रा गर्न केही समय प्रतीक्षा गर्नुपर्ला। बुधवारदेखि आफन्तको सहयोग जुट्नाले अभीष्ट पूरा हुनेछ। पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। सप्ताहान्तमा वादविवादमा परिएला।

मीन - Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू पनि बढ्नेछन्। सामान्य धन संग्रह पनि हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। बुधवार र बिहीवार फजुल खर्च एवं ऋण–कर्जा बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। सप्ताहान्तमा विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। आफन्तसँग रमाइलो भेटघाट समेत हुनेछ।


डिजिटल सरोकारको एप्लिकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अब बन्छ तपाईँको लाइफ सजिलो अनि छरितो 



Post a Comment

0 Comments